नेपालमै पहिलो पटक स्वदेशी कच्चा पदार्थ बाट नवलपरासीमा खाना पकाउने ग्यासको ब्यावसायिक उत्पादन शुरु ।

दिपेश पछाई,
भैरहवा पौष ६
नेपालमै पहिलो पटक स्वदेशी कच्चा पदार्थ बाट खाना पकाउने ग्यास उत्पादन भएको छ । त्यो पनि काम नलाग्ने कच्चा पदार्थ बाट । नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्यास उत्पान सुरु गरेको उधोगका संञ्चालक सन्दीप कुमार अग्रवालले बताए । स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर , कुखुराको सुली, किचन बाट निश्कने फोहर ,हरीयो पातहरु आदी बाट ग्यास उत्पादन शुरु गरएिको छ । दैनिक ८० सिलिन्डर उत्पादन गरेको उधोगको क्षमता दैनिक एक सय पचास रहेको छ । प्रतिशिलिण्डर दश केजी ग्यास रहने छ । यसको हिटिड. क्षमता एलपि ग्यासको भन्दा बढी रहेको उधोगको दाबी छ ।
खाना पकाउने एल.पि ग्यांसमा परनिर्भर रहेको अवस्थामा सुरु गरिएको यस उधोग छिट्र्टै चितवनमा समेत खोलीन लागेको संञ्चालक अग्रवालले बताए । नेपालमा पहिलो पटक सफलताका सथ वायो ग्यांसको व्यवसायीक उत्पादन सुरु गरेका छौ उनले भने । अग्रवालले २२ करोडको लागानीमा नवलपरासीको रामग्राम नगरपालिकाको वन्जरिया गाउंमा उद्योग स्थापना गरेका हुन । हरेक उद्योगको कच्चा पदार्थलाई भारतसंगको परनिर्भतालाई चिर्दै गाउं शहरमा सडेगलेका फोहोर,गोवर,कुखुराको सुली,झारपातबाट दैनिक २ टन ग्यास उत्पादन गर्न सक्ने क्षमताको उद्योग स्थापना गरीएको उनले बताए । जर्मनी प्रविधिबाट निर्मित वायो ग्यांस उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यांस तयार गरिरहेको उद्योगका डा.अभिनव अग्रवालले जनाए ।
उद्योगले हाल व्यवसायीक प्रतिष्ठानका लागि मात्र विक्रि शुभारम्भ गरेको छ । पहिलो चरणमा व्यवसायीक विक्रि शुभारम्भ गरेको उधोगले विगत ३ महिनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपिएम चाईल्ड सेन्चरको किचनमा ग्यांसको परिक्षण गरेको छ । प्रति सिलिण्डर १० किलो ग्यांस रहने र उतm ग्यांसको प्रतिकेजी मुल्य ९० रुपैंया पर्ने जनाईएको छ । उधोगले ५ महिना पछि घरायसी प्रयोजनमा समेत ग्यास विक्रि गर्ने जनाईएको छ । यसरी प्रति सिलिण्डरको मुल्य ग्राहकले ९ सय तिर्नु पर्नेछ । एलपि ग्यांसको तुलनामा सुरक्षित,बढी तापक्रप भएको,सस्तो र सहज हुने उद्योगका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले दावी गरे ।
करीब ३ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उतm उद्यागले उत्पादनलाई दीर्घ बनाउनका लागि नजिकैको १५ विगाहा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ । उतm मकैको विरुवा उद्योगबाट ग्यांस निकाल्नका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने अग्रवालले बताए । वर्षमा ३ देखि ४ पटक उत्पादन दिनसक्ने विषेश खालको मकै भएका कारण कच्चा पदार्थको अभाव नहुने उनले दावी गरे । यस्तै विभिन्न गरपालिकाहरुसंग समन्वय गरी ल्याण्डसाईडको कुहिने फोहोर जम्मा गर्न सके यसलाई दीर्घकालिन रुपमा अगाडि बढाउन सक्ने बताए । उद्योगले ग्यांस उत्पादन गरी वांकी रहेको पदार्थलाई प्रांगारिक मलको रुपमा प्रयोग गर्न सकिने अग्रवालले बताए । उद्योगमा चार जना ईन्जिनियर सहित ५० जनाले रोजगारी पाएका छन् । केही समय पछि उधोगले प्राड.गारीक मल प्याकीड. गरी बिक्री गर्ने लक्ष्य लिएको छ ।

LEAVE A REPLY