भैरहवामा जेसिजको ४४ औ राष्ट्रिय महाधिवेसन जारी , सोमवार नया नेतृत्वका लागी निर्वाचन हुने ,

भैरहवा पौष ९,
नेपाल जेसिजको आगामी राष्ट्रिय अध्यक्षका लागि श्रीधर बस्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
भैरहवामा जारी नेपाल जेसिजको ४४ औ राष्ट्रिय महाधिवेसन अन्तरगत सोमवार हुने निर्वाचनका लागी आइतबार पत्रकार सम्मेलन गरी बस्यालले उम्मेदवारी सार्वजनिक गरेका हुन् । नवलपरासीस्थित रामग्राम जेसिजबाट जेसिज अभियानमा लागेका बस्याल हाल नेपाल जेसिजको बरिष्ठ कार्यकारिणी उपाध्यक्ष छन् ।
उनी यसअघी रामग्राम जेसिजको अध्यक्ष, नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष तथा काउन्सिलर एकेडेमी प्रमुख समेत भइसकेका छन् । जेसिजलाई अझ उर्जाशिल, जेसिज आबद्ध युवाहरुमा उर्जा प्रदान गर्नका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । आफु लामो समयदेखि जेसीजमा लागेको र हरेक हिसावले नेतृत्वका लागि सक्षम समेत रहेको उनले दावी गरे । एक पद अध्यक्षका लागि अहिलेसम्म ३ जनाले प्रतिसपर्धा गर्ने गरी चरणबद्ध कार्यक्रममा सहभागी भएको महाधिवेसन निर्देशक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । अध्यक्षका लागी रामग्राम जेसीज नवलपरासीका बस्याल सहित तिलोत्तमा जेसीज रुपन्देहीका विनोद सुवेदी र इटहरी जेसीजका महेश पौडेलको चर्चा छ । तर चरणबद्ध कार्यक्रमहरुमा सहभागी भए पनि तिलोत्तामाका सुवेदीले उम्मेदवारी नदिने र अन्तिममा अध्यक्षका लागि बस्याल र ईटहरी जेसिजका पौडेल बिच प्रतिस्पर्धा हुने देखीएको छ ।
त्यस्तै ४ पद कार्यकारी उपाध्यक्षका लागि १४ जनाले र १२ पद उपाध्यक्षका लागि २१ जना निर्वाचन अभीमुखीकरणमा सहभागी छन् । राष्ट्रिय महाधिवेसनका लागी देसभरका २ हजार भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक यहाा आएका छन् । महाधिवेसनमा १ सय ४३ साखाले सहभागिता जनाएका छन् । सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुन: ४४ औं महाधिवेसन गर्ने अवसर पाएको हो । नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादित स्टलहरु राखीएको छ ।
महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्वार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने तथा नयां नयां सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणाप्रदान गर्ने अपेक्षा लिइएको छ । सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । १८ वर्षदेखी ४० वर्ष उमेर समुहका युवाहरु संलग्न हुने जेसीजले विधीको शासन, मानवतावादी र विश्वबन्धुत्व भावनामा जोड दिन्छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १ सय ४४ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको महाधिवेसन उप निर्देसक एवं मुख्य प्रायोजक संस्था नेपाल अब्वुजा सिमेण्ट सचांलक हेमन्त अग्रवालले बताए ।
यसैबीच जेसीज महाधिवेशनको दोस्रो दिन आइतबार जनचेतनामूलक र्‍याली निकालिएको छ । देसभरबाट ४४ औं महाधिवेशनमा सहभागी भैरहवा आएका जेसिज सदस्य तथा यस क्षेत्रका विद्यार्थी, शिक्षक, सामाजिक संसंस्थाका सदस्यहरुको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागिले विभिन्न प्लेकार्ड बोकेका थिए । बाजागाजासहित भैरहवाको लुम्बिनी गेटबाट निकालिएको र्‍याली बुद्धचोक, नारायणस्थान, विद्रोही चोक, मिलनचोक, देवकोटाचोक हुादै महाधिवेशनस्थल महेन्द्र सभागृहमा पुगेको थियो ।

LEAVE A REPLY