स्व.कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठानद्धारा भैरहवाका दुई संस्था सहीत जेष्ठ नागरिकलाई नगद सहित सम्मान ।

दिपेश पछाई ,
भैरहवा पौष ९
विभिन्न समाजिक सेवाको उद्देश्य लिएर स्व.कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठान अन्नपूर्णटोल सिद्धनर्थनगर सुभारम्भ गरिएको छ ।
स्वर्गीय कमलापति गंगादेवी पन्थका छोरा,बुहारी कलाधर पन्थ,गंगा पन्थ तथा चुणामणी पन्थले माता पिताको सम्झनामा उतm प्रतिष्ठान गठन गरेको संरक्षक कलाधर पन्थले जनाए । प्रतिष्ठानको राष्ट्रिय धर्मसेवा नेपालका अध्यक्ष प्राध्यापक डा.माधव भट्टराईले एक समारोहका बीच आईतबार उद्घाटन गरेका छन् । प्रतिष्ठान मार्फत २५ लाखको अक्षयकोष राखेर उतm रकमबाट प्राप्त व्याजबाट असाहय विरामीलाई स्वास्थ्य सेवा,शारिरीक अपांगता,दृष्टीहिन छात्रछात्रलाई शिक्षा प्रदान,दैवी प्रकोपमा परेका नेपालीहरुलाई भौतिक,आर्थिक,वित्तीय रुपमा राहत पुरयाउने उद्देश्यले प्रतिष्ठान गठन गरिएको संरक्षक पन्थले जनाए ।
प््राष्ठिानको उद्घाटन गर्दै प्रा.डा.भट्टराईले नेपाली संस्कृतिलेनै मातापीताको सेवालाई नै धर्म मानेको हुंदा यसलाई सबैले अनुशरण गरी आमाबुवाको सेवामा समर्पित हुनु पर्ने धारणा राखे । कार्यक्रममा प्रतिनिधी सभाका सभाषद् धनश्याम भुषालले परोपकारी सोंचले नै मानिस अमर रहने भन्दै स्वर्गिय आमा बुवाको सम्झनामा प्रतिष्ठान गठन गरी समाजसेवामा लाग्ने पन्थ परिवारलाई बधाई तथा शुभकामना दिए । यस्तै प्रदेशसभा निर्वार्चित सभाषद् सन्तोष पाण्डे,सहायक प्रमुख जिल्ला अधिकारी शम्भु शर्मा,योगी सोमराज,साहित्यकार बालकृष्ण भट्राई,समाजसेवी ओमकार गौचन,ब्रहमाकुमारी शान्ति दिदी लगायतले बोल्दै प्रतिष्ठानले समाजसेवामा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यतm गरे ।
प्रतिष्ठान शुभारम्भको अवसरमा भैरहवामा रहेका दुई वटा संस्था तथा चौरासी पुजा गरेका १३ जना जेष्ठ आमाबुवालाई नगर सहित दोसल्ला आढाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा सिद्धार्थबाल गृह तथा वहीरा बाल माध्यमिक विद्यालय रहेका छन् । दुई संस्थालाई जनही ५१ ह्जार नगद सहीत सम्मान गरिएको थियो । यस्तै सम्मानित हुने जेष्ठ नागरिकमा नुर कुमारी न्यौपाने,मनुका नेपाल,गंगादेवी पौडेल,मन कुमारी,टोपकला पन्थ,कुविता पाण्डे,जयलाल भुषाल,उमाकान्त कडेल,चोलाथान भुषाल,मेघनाथ अधिकारी,निल कुमारी पन्थी,नन्दकली खरेल,गोपेश्वर रेग्मी रहेका छन् । संस्थाका अध्यक्ष चुरामणि पन्थको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष भीम अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा संरक्षक कलाधर पन्थले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका महासचिव यादव गैरे,कोषाध्यक्ष राजकुमार पोख्रेल,सहकोषाध्यक्ष गंगा पन्थ,सदस्यहरु लिलावती पन्थ,चन्द्रकान्त अधिकारी,नवराज पोख्रेल,कृष्ण पन्थ,यमकला पन्थ,शान्ति अधिकारी,डा.अनिल पोख्रेल,रमा भुषाल,अजिता भुषाल लगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सिद्धार्थनगरका मयेर हरि अधिकारी,उपमेयर उमा काफ्ले,प्रहरी बरिष्ठ उपरिक्षक दिपक थापा,प्रहरी उपरिक्षक श्याम ज्ञवाली,सशस्त्र प्रहरी उपरिक्षक आनन्द नेंमाङ,उद्योगपति नवराज पोख्रेल,ई.अर्जुन भट्टराई,देवी घिमिरे,कुन्ती देवी न्यौपाने,प.कृष्ण प्रसाद खनाल,धु्रव कुमार श्रेष्ठ,हेम ढकाल,प.राजेन्द्र ढुंगाना लगायतको आतिथ्यता थियो । कार्यक्रमको संचालन पत्रकार सम्झना शर्माले गरेकी थिईन् ।

LEAVE A REPLY