नेपाल जेसीजको अध्यक्षमा बश्याल

भैरहवा पुस ११
भैरहवामा जारी नेपाल जेसीजको ४४ औ महाधिबेशन बाट अध्यक्ष पदमा श्रीधर बश्याल निर्वाचित भएका छन् । अध्यक्ष पदमा महेश पौडेल र श्रीधर बश्याल बिच प्रतिशप्रर्धा भएको थियो । बश्यालले पौडेललाई ९ मतले पराजित गरेका छन् । बश्यालले ६ सय ४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी महेश पौडेलले ६ सय ३९ मत प्राप्त गरे । बश्याल नवलपरासीको रामग्राम जेसीजका पूर्व अध्यक्ष हुन् भने पौडेल इटहरी जेसीजका पूर्व अध्यक्ष हुन् ।
नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशन पुस ८, ९ र १० गरी तीन दिनसम्म भैरहवामा चलेको थियो । अधिवेशनबाट आगामी १ वर्षे कार्यकालका लागि नया नेतृत्व चयन गरिएको हो । चार पद कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी शिल्पाकार ९ सय २९, पदमबहादुर सिंह ७ सय १८, विकाश मानन्धर ६ सय १७ र अशोक शंकर ७ सय १९ मतसहित निर्वाचित भएका छन् ।
१२ पद रहेको उपाध्यक्षमा विजय घिमिरे ८ सय ५९, अमिशम ढकाल ७ सय ८५, विजय गुरुङ १ हजार २७, श्यामसुन्दर पौडेल १ हजार ५२, टेकराज रेग्मी ९ सय ६६ मतसहित निर्वाचित भए । यस्तै रञ्जना चापागाई ८ सय १५, रविन पोख्रेल ९ सय ७५, सुमता शर्मा ९ सय १२, गोविन्द्रप्रसाद देवकोट ७ सय २०, रश्मी निरौला ८ सय ८१, राजेन्द्र घिमिरे ९ सय ६४ र जनकराज घिमिरेले ८ सय ६६ मत प्राप्त गरी निर्वाचित भए । १६ सय मतदाता रहेको जेसिज महाधिवेशनमा १२ सय ८७ मत खसेको थियो ।
यसैबीच नवनिर्वाचित जेसीजका राष्ट्रिय कार्यसमिति सदस्यहरुलाई सपथ खुवाइ पदभार ग्रहण गराइएको छ । सपथ पश्चाय जेसीज विधानलाई टेकेर नवनिर्वाचित अध्यक्ष बश्यालले आगामी कार्यकालका लागि महासचिवमा बालाजु सेजीजका श्रीराम पौडेल, कोषाध्यक्षमा धनगढी जेसीजका हेमराज ओझा र कानूनी सल्लाहकारमा गोरखा जेसीजका अन्जनबाबु खत्रीलाई नियुक्ति गरेका छन् ।

LEAVE A REPLY