मापदण्ड निर्धाणमा व्यवसायीक हितलाई ध्यान दिन सुनचांदी व्यवसायी महासंघद्धारा सरकारसंग माग ।

भैरहवा पुस ११
नेपाल सुनचाादी ब्यवसायी महासाघको केन्द्रीय सातौ पूर्ण बैठक तथा पदाधिकारी भेला विभिन्न निर्णय गर्दै सिद्धार्थनगरमा सम्पन्न भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष मोहन कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकले सुनचांदी व्यवसायीका समस्याहरु सुनदेखि लिएर,मापदण्ड बनाउदां व्यवसायीको हकहितलाई ध्यानमा राख्न सरकार गम्भिर बन्न दवाव दिने निर्णय गरेको छ ।
यस्तै बैठकले सुनको फांडफांडमा रहेको उपत्यका तथा मोफसलमा गरिएको विभेदकारी निर्णय सच्चाउदै एक रुपता दिन समेत सरकारसंग माग गर्ने निर्णय गरिएको नेपाल सुनचांदी व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले बताए । बैठकमा केन्द्रका अध्यक्ष सहित कार्यसमितिका ५५ जना पदाधिकारीको सहभागिता रहको थियो । केन्द्रिय समितलाई नेपाल सुनचाादी ब्यवसायी साघ रुपन्देहीले एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको थियो । संघका रुपन्देही अध्यक्ष विक्रम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा जिल्ला समन्व समितिका संयोजक एकराज विश्वकर्मा,दिपक कुमार विक,सिताराम रसाईली,महिला संघ बुटवलका अध्यक्ष कमला विश्वकर्मा,भैरहवाका अध्यक्ष सम्झना रामदाम लगायतले केन्द्रिय टीमलाई स्वागत गरेका थिए । यस्तै स्वागत कार्यक्रममा बोल्दै केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम कुमार सेन्चुरी,महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य,वरिष्ठ उपाध्यक्ष मालिक रत्न शाक्य,केन्द्रिय सदस्य जोगलाल विक ,सल्लाहकार हरि विक लगायतले आ आप्नौ भनाई राखेका थिए ।

LEAVE A REPLY