नेपाली करातें टोलीलाई दसगजाबाट विदाई

भैरहवा, पुस ११
तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पीयनसीप प्रतियोगिताकोलागी नेपालबाट भाग लिने खेलाडीलाई मंगलबार भारतीय सीमावर्ति क्षेत्र बेलहियाबाट विदाई गरिएकोछ ।
भारतको नयां दिल्ली स्थित तालकोटा रंगशालामा पुस १३ र १४ (डिसेम्बर २८ र २९ ) मा हुन गईरहेको अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पीयनसीयमा भाग लिन जाने खेलाडीहरुलाई रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली, भैरहवा भन्सार कार्यलयका प्रमुख भुपालराज शाक्य, नेपाल कराते महासंघ पश्चिमान्चल अध्यक्ष भरत बहादुर के.सी, जापन गोजु रियो कराते डो मिसन संघ नेपालको केन्द्रिय उपाध्यक्ष सतिस चौधरी, नेपाल भारत मैत्री समाज अध्यक्ष डा. शान्त कुमार शर्मा, ट्रान्स नेपाल बेलहिया प्रमुख रबि पारीख लगायतले विजयीको कामना गर्दै नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर विदाइ गरेका थिए ।
उक्त अवसरमा बोल्दै अतिथीहरुले दिल्लीमा नेपालको झण्डा उचो बनाउनेगरी नेपाली प्रतिनिधी मण्डलले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए । जापन गोजु रियो कराते डो मिसन संघ नेपालका चिफ कोच तथा फाउन्डर के. बि राना (काजी) को नेतृत्वमा नेपाली टोलीले प्रतिसपधामा सहभागीता जनाउन लागेको हो । नेपाल सहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दीभ्सका खेलाडीबीच हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी समुह), प्रीयंका थापा ( ४० केजी समुह) , प्रशान्त थापा ( ३० केजी समुह) र प्रसुन शाही ( ३५ केजी समुह) ले प्रतिसपर्धा गर्ने भएका छन् ।
यसैगरी १४ वर्ष उमेर समुहमा दिबीन गुरुंग (३५ केजी समुह) कृतिमा गौतम (४० केजी समुह) , रिजन पाण्डे ( ४० केजी समुह) , शिबम बस्नेत ( ५० केजी समुह) र एलिसा घिमिरे (४० केजी समुह ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी समुह) , सुमन परियार (६० केजी समुह) , कनिशाक राना (५५ केजी समुह) , सिबानी बस्नेत ( ४५ केजी समुह) , विपना जिएम (५५ उमेर समुह) र सुस्मा पान्डे (५० केजी समुह) बाट प्रतिसपर्धा गर्दैछन् ।
नेपालको तर्फबाट सहभागी हुने उक्त टोलीको छनौट गएको मंसिर १८ र १९ गते भएको थियो । खेलाडीसंगै प्रतियोगितामा नेपालको तर्फबाट सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भिमसेन थापा , नागरिक दैनिकका व्युरो प्रमुख शेरबहादुर के.सी र कारोबार दैनिकका व्युरो प्रमुख मनोरन्जन शर्मा सहित ३० सदस्यीय टोली पुस भारत तर्फ प्रस्थान गरेको हो ।

LEAVE A REPLY