सिद्धार्थनगरमाा जेष्ठ नागरिक परिचय पत्र वितरण सुरु

भैरहवा पुस १७
मुलुक संघीयता गएपछि जिल्लामा रहेका अधिकारहरु धमाधम स्थानीय सरकारहरुले प्रयोगमा ल्याउन थालेका छन् । सरकारले जेष्ठ नागरिकहरुका लागि वितरण गर्न शुरु गरेको जेष्ठ नागरिक परिचय पत्र स्थानीय सरकाले वितरण गर्न सुरु गरेका हुन् । २०७२ भदौबाट रुपन्देहीमा सुरु गरिएको जेष्ठ नागरिक परिचय पत्र वितरण अब जिल्लाका स्थानीय सरकारले वितरण गर्नेछन् । सिद्धार्थनगर नगरपालिकाले पनि सोमबारबाट जेष्ठ नागरिक परिचय पत्र वितरण शुरु गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरे । परिचयप पत्र वितरण गर्दै नगर प्रमुख अधिकारीले नगरबासिहरुलाई घर दैलोमै सेवा प्रदान गर्न नगरपालिकाले वडा कार्यालय मार्फत् पनि यस्ता गतिविधिहरुलाई अगाडी बढाउने बताए । सकेसम्म जनताकै घर दैलोमा सेवा पुर्‍याउने लक्ष्य नगरपालिकाले राखेको प्रमुख अधिकारीले बताए ।
परिचय पत्र वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लेले नगरपालिकाले जेष्ठ नागरिकलाई सधै सम्मान गर्ने बताइन् । उनले परिचय पत्र पाएका जेष्ठ नागरिकलाई राज्यले सरकारी स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको उल्लेख गरिन । उनले नगरपालिकाले चालु बजेटमा जेष्ठ नागरिकको सम्मानका लागि ८५ वर्ष माथिका नागरिकलाई वार्षिक ५ हजार भत्ताको समेत व्यवस्था गरेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुावरले जीवनको लामो समय देश र समाजको उत्थानका लागि खर्चिएका जेष्ठ नागरिकलाई राज्यले सम्मान गर्नु सहारनीय काम भएको बताए । उनले विगतमा महिला तथा बालबालिकाको कार्यालयबाट वितरण हुने जेष्ठ नागरिक परिचय पत्र अब नगरपालिकाबाट वितरण हुने बताए । प्रमुख प्रशासकिय अधिकृत कुावरका अनुसार जेष्ठ नागरिक परिचय पत्र लिन ६० वर्ष उमेर पुगेका नागरिकहरुले नागरिकता, पासपोर्ट साइजका ४ प्रति फोटा र निवेदन नगरपालिकामा दिनुपर्छ ।
यस अघि महिला तथा बालबालिका कार्यालय मार्फत् हप्ताको एक दिन मात्रै वितरण गरिादै आएको जेष्ठ नागरिक परिचय पत्र हरेक गाउापालिका र नगरपालिकाहरुले वितरण गर्ने अधिकार प्राप्त गरेपछि जेष्ठ नागरिकहरुलाई सहजता भएको छ । ग्रामिण बस्ति देखि सदरमुकामसम्म आउन र जान जेष्ठ नागरिकहरुलाई असहज थियो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी अधिकृत मैया गुरुङ, नगरपालिकाका बरिष्ठ अधिकृत विवेक खनाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता थियो । नगरपालिका अनुसार सिद्धार्थनगरमा करिब १ हजार बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ ।

LEAVE A REPLY