रुपन्देहीमा गोलि हानी पौडेलको हत्या

शनिवार देखि अनिश्चित कालिन रुपन्देही बन्द .

भैरहवा पुस २१
रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट ब्यवसायी बसन्त पौडेल (बलु)को हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह २ ढेकारका बलु पौडेल माथि मोटरसाइकलमा आएका दुइ जनाले गोलि प्रहार गरेका हुन । इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक पवन भट्टराइका अनुसार ४० वर्षिय पौडेल ब्यवसायी हुन । गोलि प्रहार पछि दुइ जना धकधइतीर भागेको खबर आएपछि प्रहरीले तत्काल खोजी कार्य शुरु गरेको थियो । गंभिर घाइते पौडेलको लुम्विनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी भट्टराइले बताए । उनको छातिमा गोलि लागेको उनले बताए । घटनान लगत्तै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारि अनुसन्धान तीव्र पारेको थियो । मोटर साइकलमा आएका उनीहरु मध्ये एक जनाले उनलाई गोलि प्रहार गरेका थिए । छातीमा गोलि लागेको भन्दै प्रनाउ भट्टराईले घटना लगत्तै सुरक्षा ब्यवस्था कडा पारी चेकजाच तीव्र पारिएको बताए । यता गोलि हानी हत्या भएलगत्तै आफूलाई मनोज पुन बताउनेले आफूले हत्या
गराएको भन्दै घटनाको जिम्मा लिएका छन ।
एमाले कार्यकर्ता बसन्त पौडेल एमालेका स्थानिय नेता निलकण्ठ पौडेलका एक मात्र छोरा हुन । पौडेल हत्याका चौतर्फी निन्दा र भ्रत्सना गरिएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीले संघका सदस्य उद्योगी, उज्जवल स:मिल उद्योगका संचालक बसन्त पौडेल (बलु) माथी भएको गोली प्रहार र विभत्स हत्याले स्तब्ध भएको जनाएको छ । अध्यक्ष नवराज न्यौपाने र महासचिव दिनेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तीमा यस्तो क्रुर र अमानवीय घटनाप्रति संघको गम्भिर
ध्यानाकर्षण भएको जनाइएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवप्रसाद पौडेलले पनि विज्ञप्ती जारी गर्दै हत्याको निन्दा तथा भ्रत्सना गरेका छन । यता मानव अधिकार तथा शान्ति समाज, रुपन्देहीले पनि सो हत्याकाण्डको घोर निन्दा र भ्रत्सना गरेको छ । समाजका अध्यक्ष हरिश ढकाल र सचिव तेजेन्द्र के.सी.द्वारा जारी प्रेश विज्ञप्तीमा यसप्रकारका अमानविय घटनाहरु आगामी दिनमा हुन नदिन र रोक्नको लागि राज्यपक्षसाग आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय उप सभापति गोबिन्द खनालले राज्यले नागरिकको बााच्च पाउने अधिकार संरक्षण गर्नको लागि गम्भीर बन्नुपर्ने बताएका छन ।
लुम्विनी अञ्चल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भए लगत्तै अस्पतालमा जम्मा भएका राजनीतिक कार्यकर्ता, उद्योगी ब्यवसायीहरुले स्वत स्फूर्त रुपमा अञ्चल अस्पताल अगाडी चक्का जाम गरेका थिए । चक्काजामका कारण दिउसो यातायात सेवा प्रभावित भएको थियो । त्यस्तै रुपन्देहीको देवदहमा पनि प्रर्दशन तथा चक्काजाम भएको थियो । रुपन्देहीको देवदह नगरपालिका वडा नं.– २ ढिकार निवासी युवा संघ रुपन्देहीका नेता, सफल उद्योगी बसन्त पौडेल (बलु) लाई उनकै उद्योग अगाडी शुक्रवार बिहान ११ बजे गोली हानी हत्या गरेकोप्रति युवा संघ नेपाल, रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले प्रेस विज्ञप्ती जारी गर्दैे देवदह का समाजसेवी तथा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेलको छोरा, युवा संघ नेपालका क्षेत्रीय कमिटीका नेता बसन्त पौडेल (बलु) को गोली हानी भएको हत्या अत्यन्तै दुखद र निन्दनिय घटना भएको भन्दै उक्त घटनाको विरोधमा युवा संघ नेपाल रुपन्देहीद्धारा शनिवार बिहान ७ बजेदेखि अनिश्चित कालिन रुपन्देही बन्द गर्न बाध्य भएको उल्लेख गरिएको
छ । सोही ठाउमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठिक १ वर्ष पछाडी फेरी यस्तो घटना घट्नु प्रहरी प्रशासनको
कमी–कमजोरीका कारण आज फेरी यस्तो दुखद घटना घटेको छ । तसर्थ, जवसम्म यो घटनामा संलग्न हत्यारा पक्राउ गरिदैन तवसम्म हाम्रो आन्दोलन रोकिने छैन, विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY