सिद्धार्थनगर नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

भैरहवा, २१ पुस ।

रुपन्देही जिल्लााको सिद्धार्थनगर नगरपालिका शुक्रबार एक समारोहबीच खुला दिसामुक्त घोषणा भएको छ । ‘पर्यटन उद्योग–व्यापार र शिक्षा हराभरा बुद्धभूमि, सिद्धार्थनगरको इच्छा’ तथा ‘हाम्रो नगर सफा राख्छौं, खुल्ला दिशा गर्नेलाई दण्डित गर्छौ’ भन्ने नाराकासाथ नगरलाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देही र सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको समारोहमा रुपन्देही क्षेत्र नं. ३ का नवनिर्वा्चित प्रदेश सभा सदस्य तथा नेकपा एमालेका केन्ऽिय उपमहासचिव घनश्याम भुसालले नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ३ का सांसद एमाले उपमहासचिव घश्याम भुसालले नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेकोप्रति खुशी व्यक्त गर्दे उहाले खुल्ला दिशामुक्त सागै बालमैत्री, अपांगमैत्री, छुवाछुतरहित र नारीमैत्री नगर बनाउन सबैले पहलकदमी गर्नु पर्ने बताउनु भयो । जिल्लालाई २०१७ भित्रै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने लक्ष्यकासाथ सुरु गरिएको अभियानअन्तर्गत १२ हजार २५ घर परिवार बसोबास गर्दै आएको नगरपालिका खुला दिसामुक्त हुने अन्तिम दोस्रो स्थानिय निकाय हो, सबै घरधनिहरुले सौचालय निर्माण गरेर प्रयोगमा ल्याइएपछि खुला दिशामुक्त घोषणा गरिएको सिद्धार्थनगर नगरपालिका समाजिक विकास अधिकृत शेखरनाथ पन्थिले बताउनु भयो । समारोहमा आम जनतामा सरसफाईबारे सकारात्मक चासो बढ्दै गएकाले अबको एक महिनामा अन्य बाकी घरघरमा शौचालय निर्माण र सरसफाइको प्रबन्ध भइसकेर जिल्ला नै खुला दिसामुक्त घोषणा हुने जिल्ला समन्वय समितिका इन्जिनियर धुव्र धितालले बताउनुभयो ।
जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले सिद्धार्थनगरले विकासको एउटा खुड्कीलो मध्ये खुल्ला दिशामुक्त नगर घोषणा गरेर सहरानीय काम गरेको बताए ।
कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले सरकारले तोकेको समयमै नगरलाई खुल्ला दिशामुक्त घोषणा गर्ने आफूहरुको इच्छा भए पनि स्रोतसाधन, गरिबी तथा विपन्न परिवारका सदस्यहरुले समयमै शौचालय बनाउन नसक्दा केही ढिला भएको बताउनु भयो । नगरपालिकाले क्रमिक विकासका कामलाई अगाडि बढाउादै लगि रहेको जनाउादै नगरबासीकै सहभागिता विकास निर्माण र समस्या समाधान गर्ने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, नगरपालिकाका प्रशासकीय अधिकृत यमबहादुर कुावर, एमालेका रामबहादुर श्रेष्ठ, कााग्रेसका विरेन्ऽ श्रविास्तव, माओवादी केन्ऽका विश्वास बराल, संघीय समाजवादी फोरमका अर्जुन जैयसवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, नमूना एकीकृतकी अध्यक्ष ज्ञानु पौडेललगायतले मन्तव्य राख्दै खुल्ला दिशामुक्त नगरलाई अझै व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको, कागजमा मात्र खुला दिशा मुक्त घोषणा गरेर नहुने यसलाई व्यवहारमा लागु गरेर मात्र खुला दिशा मुक्त हुने, अबको लक्ष्य धुवा र धुलो रहित नगर र सवै ग्रामिण सडकलाई कालोपत्र गरी सुन्दर र हराभरा गाउपालिका बनाउनु पर्ने बताएका थिए । उनीहरुले यहाा आउने पर्यटक, यात्रुहरुको सुविधाका लागि नगरपालिकाले सार्वजनिक शौचालय पनि निर्माण गर्नु पर्ने धारणा राखेका थिए ।
खुल्ला दिशामुक्त नगर घोषणा कार्यक्रय अघि बुद्धचाकेबाट बाजागाजा सहित विभिन्न जनचेतनामूलक नारा लेखिएको प्लेकार्डसहित र्‍याली निकालिएको थियो । र्‍याली बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोक हुादै नगरपालिकाको सभाहल गणतान्त्रिक सभा गृहमा पुगेको थियो । र्‍यालीमा भैरहवामा क्रियाशिल विभिन्न संघसंस्था, उद्योगी–व्यापारी, राजनैतिक दल, अमा समूह, नागरिक समाज र विभिन्न विद्यालयका गरी ७० वटा सहसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त नगर घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने र्‍यालीमा सहभागी मध्ये ७ वटा समूहलाई नगदसहित सम्मान समेत गरिएको थियो । जसअनुसार रुपन्देही लिलाराम न्यौपाने उच्च माविले पहिलोस्थान हासिल गर्दै नगद १० हजार, अमर ज्योति स्कूल दोस्रो भई नगद ७ हजार, बेलहिया मावि तेस्रो भई नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै नेपाल मगर संघ, मदरसा गौसिया र कृष्टियन समूहले सान्तवना स्थान प्राप्त गरि नगद ३ हजार र प्रमाण पत्र सहित पुरस्कृत भएका थिए ।

LEAVE A REPLY