होलिसिटी लायन्सको खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता सम्पन्न ।

?

भैरहवा पौष२७,
राष्ट्रिय एकता दिवस तथा २९६औं पृथ्वी जयन्तीको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले “खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता” सम्पन्न गरेको छ । लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरका अध्यक्ष लायन सुशील गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता सीमा सुरक्षा बल, रुपन्देहीका प्रमुख, शसस्त्र प्रहरी उपरिक्षक आनन्द नेम्बाङ्ग रहनु भएको थियो । कार्यक्रममा लायन्स ३२५द्य२ का एओजी तथा संस्थापक अध्यक्ष लायन ओम कुमार श्रेष्ठ, सिद्धार्थ जेसिजका अध्यक्ष सुमन शर्मा, समाजसेवी नारायण प्रसाद अग्रवाल, क्लबका निवर्तमान अध्यक्ष लायन चन्द्रभक्त श्रेष्ठ, भुपु अध्यक्ष लायन रामचन्द्र उपाध्याय, लायन दर्शन घिमिरे, लायन दिपक श्रेष्ठ लगायतले आधुनिक नेपालको निर्माण, अखण्डता, एकता कायम राख्नमा पृथ्वी नारायण शाहको भुमिका, योगदान तथा स्वास्थ्यका लागि म्याराथुन दौडको महत्व बारे आफ्नो धारणा राख्नुभएको थियो ।

?

कार्यक्रम संयोजक लायन रिषिराम पाण्डेको स्वागत, लायन राकेश गुरुङ्गको ध्वजा अभिवादन तथा संस्थाका द्धितिय उपाध्यक्ष लायन संगम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सयौं प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा १६ मिनेट ३ सेकेण्डमा दौड पुरा गरी भैरहवा नमुना उच्च मा.वि.का विद्यार्थी मोहम्मद रफिक प्रथम, १७ मिनेटमा दौड पुरा गरी नेपाल प्रहरीका रमेश थारु द्धितीय, १७ मिनेट १५ सेकेण्डमा दौड पुरा गरी नेपाल प्रहरीका बल बहादुर पुन तृतीय र यसैगरि २१ मिनेटमा दौड पुरा गरी नेपाल प्रहरीका शोभा कुमारी वि.क.ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
?

क्लबले प्रथम स्थान हासिल गर्नेलाई नगद रु.१०,०००।–, द्धितीयलाई नगद रु.५,०००।–, तृतीयलाइ नगद रु.३,०००।– तथा सान्त्वनालाई नगद रु.२,०००।– का साथमा प्रशंसा पत्र, मेडल, डायरी र ज्याकेट प्रदान गरेको थियो । खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता मायादेवि चौक (गौतम बुद्ध विमान स्थल) बाट शुरु भई लुम्बिनी रोड, बुद्ध चोक, नारायणथान रोड, विद्रोही चौक, मिलन चौक हुदै जेसीज सचिवालय सम्मको करिब ७ कि.मी. को दुरी पार गरेको थियो ।

LEAVE A REPLY