निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भैरहवा पौष २९
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को विराटनगरस्थित विरेन्ऽ सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।यसैगरी प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ । कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । यसै बिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय शनिबार घोराहीमा स्थापना गरिएको छ । उच्च अदालत रहेको जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय खोल्ने सरकारको निर्णयअनुसार घोराही जिल्ला अदालतमा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले जानकारी दिए ।

LEAVE A REPLY