लायन्स क्लव अफ सिद्धार्थनगर युथद्धारा मेलभिन जोनको १३९ औ जन्म जयन्तीको अबसरमा बिबिध कार्यक्रम सम्पन्न ।

भैरहवा पौष २९,
लायन्स क्लव अफ सिद्धार्थनगर युथले १२ जना अपाड.हरुलाई ह्वृलचियर प्रदान गरेको छ । मानव सेवामा सर्मपित लायन्स क्लब अन्तराष्ट्रियको जन्मदाता मेलभिन जोनको १३९ औ जन्म जयन्तीको अबसरमा आयोजीत कार्यक्रममा क्लबले अपाड.गहरुलाई ह्वृलचियर प्रदान गरेको कार्यक्रम संयोजक सुनिल सेन्चुरीले बताए । कार्यक्रम स्थल बाट २ जना अपाड.गलाई ह्वृलचियर बितरण गरिएपनि अन्यलाई घरमै पुगेर बितरण गरिने क्लबले जनाएको छ । साथै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार म्याराथन पनि गरिएको छ । दौड पुरा गरी भैरहवा नमुना उच्च मा.वि.का विद्यार्थी विष्णु रानाभाट प्रथम, तारा श्रीस द्धितीय र गरी नेपाल प्रहरीका बल बहादुर पुन तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । लुम्बिनी गेटबाट बिहान ८ बजे सुरु भएको म्याराथन विपि पथ, चिल्ड्रेन पार्क, गल्लामण्डी हुदै भैरहवा नमुना क्याम्पसमा गएर समापन भएको थियो ।
म्याराथनमा विद्यार्थी, यूवा यूवती, लायन सदस्य तथा सुरक्षा निकायका सदस्यहरुको सहभागिता रहेको थियो । विश्वका २१० देशमा र नेपालमा ४७ वर्षदेखि सामाजिक सेवा गर्दैआएको यस क्लवले लायन्स अन्तराष्ट्रियले दिएको कार्यक्रम अन्र्तगत म्याराथन र हंगर रीलीफ अन्र्तगत अपाङ्ग असहायको सहारा स्वरुप हुईल चीयर वितरण गरिएको थियो । क्लबले प्रथम स्थान हासिल गर्नेलाई नगद रु.५,०००।–, द्धितीयलाई नगद रु.३,०००।–तथा तृतीयलाइ नगद रु.२,०००।– का साथैमा प्रशंसा पत्र, सिल्डका साथ सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी रुपन्देही क्षेत्रनं ४ का प्रतिनीधी सभा सदस्य प्रमोद यादव र रुपन्देही क्षेत्रनं ३ का प्रदेश सभा सदस्य सन्तोस पाण्डेले संम्युक्त रुपमा पुरस्कार तथा ह्वृलचियर बितरण गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष धिरज मल्लीकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY