नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट सुरु, तिनाउ बिकाश बैंक फाईनलमा

भैरहवा माघ ४
तिनाउ बिकाश बैंक भैरहवामा सुरु भएको द नेक्सट नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । लियो क्लब अफ सिद्धिार्थनगरको आयोजनामा सुरु भएको प्रतियोगितामा बिहीबार भैरहवा बहुमुखी क्याम्पसको मैदानमा सम्पन्न पहिलो सेमिफाईनलमा साबिक बिजेता गण्डकी बिकाश बैंकलाई ११ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिंग गर्दै तिनाउले निर्धारीत ५ ओभरको खेलमा ९९ रन बनाएको थियो । जस्मा अन्तिम थापाले ४६ रन बनाएका थिए भने शंकर रानाले २२ र अर्जुन थापाले २३रन बनाएका थिए । प्रतिउत्तरमा गण्डकी बैंकले ५ ओभरमा ८८ रन बनाईं ११ रनले हार ब्यहोरयो । गण्डकीका लागी सन्नी थापाले ३२ र दिपचन्द कुर्मिले २१ रन प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन् । खेलको म्यान अफ द म्याच तिनाउका अन्तिम थापा भए ।

यस अघि समुह चरणको खेलमा तिनाउले नेपाल एसबिआईले ५३ रनले र ईण्डस्ट्रियm डाईरेक्टर गु्रपलाई ११ रनले पराजित गर्दै समुह ख को बिजेता भई सेमिफाईनल प्रबेश गरेका थिए भने गण्डकीले रोयल नेट प्रालिलाई ५४ रनले तथा श्री कालिका ईन्जिनियरींगलाई ४ विकेटले पराजित गर्दै समुहको बिजेता बन्दै सेमिफाईनल प्रबेश गरेका थिए । समुह चरणको खेल मध्ये पहिलो खेलमा गण्डकी बैंकले रोयल नेट प्रालिलाई ५४ रनले पराजित गरेको थियो । गण्डकीको जितमा दिपचन्द कुर्मिले ३६ रन बनाएका थिए भने बलिंग तर्फ १ विकेट लिएका थिए । सो खेलमा गण्डकीका दिपचन्द कुर्मि म्यान अफ द म्याच भए । दोश्रो खेलमा तिनाउले नेपाल एसबिआई बैंकलाई ५३ रनले पराजित गरेको थियो । सो खेलमा तिनाउका शंकर रानाले ३६ रन र १ बिकेट लिएका थिए । राना सो खेलमा म्यान अफ द म्याच भएका थिए । त्यस्तै गरी लिग चरणको तेश्रो खेलमा कालिका ईन्जिनियरींगले रोयलनेट प्रालि माथि ३८ रनले बिजयी पायो । सो खेलमा कालिकाका सुरज गौतमले २९ रन बनाउदै म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै गरी लिग चरणको चौथो खेलमा ईण्डस्ट्रियल डाईरेक्टर गु्रपले नेपाल एसबिआई बैंक माथि ५ रनको रोमाञ्चक जितक हात पारयो । सो खेलमा ईण्डस्ट्रियल डाईरेक्टर का कप्तान सुरज उप्रेतीले २५ रनको योगदान दिदै म्यान अफ द म्याच घोषित भए । त्यस्तै गरी लिग चरणको पाचौ खेलमा गण्डकी बिकाश बैंकले कालिका ईन्जिनियरींग माथि ४ विकेटले जित हात पारयो । खेलमा गण्डकीका मान बहादुर थापाले ३४ रन बनाए भने बलिंग तर्फ १ विकेट लिदै म्यान अफ द म्याच बन्न सफल भए । लिगको छैठौ खेलमा तिनाउ बिकाश बैंकले ईण्डस्ट्रियल डाईरेक्टर गु्रप माथि ११ रनले जित निकालेको थियो । सो खेलमा ईण्डस्ट्रियल डाईरेक्टर गु्रपका कप्तान सुरज उप्रेतीले ३२ रनको योगदान दिए पनि टिमलाई सेमिफाईनलमा प्रबेश गराउन असफल भए । सो खेलमा तिनाउका निश्चल चौधरीले ४१ रन सहित बलिंगमा १ विकेट लिदै म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तरगत समुह गको नबिल बैंक, बुद्धम अटो मार्ट र मिलिजुली सहकारी तथा समुह घको मेघा बैंक, लुम्बिनी आई ईन्सटीच्युट, रिद्धीसिद्धी वाटर ईण्डस्ट्रीज बिचका खेलहरु, दोश्रो सेमिफाईनल र फाईनल खेल शनिबार माघ ६ गते आयोजना हुने आयोजक लियो क्लब अफ सिद्धार्थनगरका पुर्ब अध्यक्ष तथा लियो ३२५ बि २ का जनसम्पर्क अधिकारी सञ्जय सिंह केसीले बताए ।
यस अघि बिहीबार बिहान प्रतियोगिताको उदघाटन गर्दै लायन्स क्लब ३२५ बि २ का पुर्ब गर्भनर अरुण प्रताप राणाले यस किसीमका प्रतियोगिताहरुले सस्थागत भाईचारा बृद्धी हुने बताउदै लियो क्लब अफ सिद्धार्थनगरले समाजका हरेक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरेका थिए । सो अबसरमा लियो ३२५ बि २ का प्रेसिडेन्ट शार्दुल मयुर कसौधनले लियो क्लब सिद्धार्थनगरको अन्तर्रा्ष्टि्रय लायन्समा आफनै छबि रहेको र यस्तो प्रतियोगिता र अन्य सामाजिक कार्यले दिएको योगदानले क्लबको प्रतिष्ठा अझै उचो भएको बताए । सो अबसरमा लायन्स क्लब ३२५ बि २ का लियो डिस्ट्रिक्ट एडभाईजर गणेश क्षेत्री, बिशिष्ट अतिथी रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, मुख्य प्रायोजक द नेक्सट बुटवलका क्षेत्रिय प्रबन्धक गोबिन्द राज अधिकारी, सह प्रायोजक सेभेन्टी फोर युनिक कस्मेटिक का प्रोप्राईटर सलामत अलि, लियो ३२५ बि २ का डिस्ट्रिक पिआरओ सञ्जय सिंह केसी, लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष अरुण पन्थी, लगायतले प्रतियोगिता र लियो क्लबको सामाजिक योगदानको बारेमा चर्चा गरेका थिए । उदघाटन सत्रको सञ्चालन सचिब सुमन अधिकारीले गरेका थिए भने स्वागत तथा खेलबारे जानकारी सदस्य सरोज ठकुरीले गरेका थिए ।

LEAVE A REPLY