त्र्यमबकम जडिबुटीले ल्यायो सहकारी फाण्ट ।

भैरहवा माघ ६
सिद्धार्थनगर ८ अवस्थित त्र्यम्बकम जडिबुटी सहकारी संस्थाले सहकारी फाण्ट (अर्गानिक चिया) बजारमा ल्याएको छ । २०६८ सालमा स्थापना भएका सहकारीले सोमबारबाट सहकारी फाण्ट चिया बजारमा ल्याएको हो । बुद्धचोकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि मैनाली, रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली, ट्राफिक प्रमुख दक्ष बस्नेत, स्थानियबासिन्दा, सन्चारकर्मी लगायत सयौ जनालाई नि शुल्क फाण्ट (चिया) पान गराई औपचरिक रुपमा विक्री वितरण सुरु गरेको सहकारीका अध्यक्ष डा. बद्री गौतमले बताए ।
अमृता, अश्वगन्धा त्र्यम्बकम खर लगायतका ७ अतिआवश्यक जडीबुटीहरुको मिश्रणबाट तयार परिएको फाण्टले विशेष गरि धुलो धुवा विषादी जन्य खाद्य, जलबायू परिवर्तनले हाम्रो शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बच्ने, प्रतिरोधात्मक क्षमता बुद्धि गर्ने र शरीरमा भएको विशाक्त पदार्थलाई बाहिर निकाल्ने सहकारीका अध्यक्ष डा. बऽी गौतमले दाबी गरे ।
फाण्टको दैनिक सेवनले चर्मरोग, पेटको समस्या, यौन जन्यरोगहरु, मुटुरोग, रक्तचाप जस्ता धेरै प्रकारका रोगहरु निदान हुन्छ । अहिले जाडोयाममा १०/१५ कप खाएमा जाडोबाट हुने समस्याबाट पनि मुक्ति हुने वरिष्ठ चिकित्सक डा. पृतम कुमार शर्माले बताए । जडिबुटीलाई प्रसोधन गरी विभिन्न प्रकार आयु पैथिक औषधीहरुको उत्पादन, अनुसन्धानका साथै उपचार केन्ऽ समेत संचालन गरेको सहकारीले उच्च रतmचांप, रतmअल्पता, सुगर लगायतका दीर्घरोगीहरुको उपचार, क्यान्सरका रोगीहरुका लागि रोगप्रतिरोधात्मक शतिm बढाउनका लागि जमराको जुस, मरेंगोको जुस समेत उत्पादन गरिने सहकारीले जनाएको छ ।
सहकारीले आयुर्वेद औषधीका लागि आवश्यक कच्चा पदार्थ अश्वगन्धा, निलकण्ड, लेमन ग्रास, तामारोजा, निशोथ, जेठिमधु, चित्रक लगायतका १ सय ५४ प्रकारका जडिबुटि नेपालमै उत्पादन गरिरहेको छ । यस्तै खाद्य सुगन्धका रुपमा प्रेमबखर, गुलाव जस्ता जडिबुडि निर्यात समेत गरिरहेको सहकारीका अध्यक्ष डा. गौतमले बताए । सहकारीले उत्पादित जडिबुटिबाट औषधी निर्माणका लागि डिष्टिलेशन प्लान्ट, प्रशोधन गर्ने उपकरण, जडिबुटी पिस्ने ग्रन्डर लगायत २७ लाखको लागतमा औषधी प्रशोधन केन्ऽ समेत संचालन गरेको सहकारीका उपाध्यक्ष हितराज पन्थीले जानकारी दिए । सहकारीको मुख्य उदेश्य अर्गानिक बस्तुहरुको प्रयोग गरी स्वदेशमै आप्नै उत्पादन बाट बिभिन्न खालका औषधी निमार्ण गर्नु रहेको बताए । ९ सय २३ जना शेयर सदस्यहरु रहेको सहकारीले आर्युबेद उपचार केन्द्र पनि संञ्चालन गरेको छ । आफ्ना सदस्यहरु र दिर्घरोगीहरुलाई लक्षीत गरी पौष महिना भर निशुल्क स्वास्थ्य शिबिर समेत संञ्चालन गरेको थियो ।

LEAVE A REPLY