नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट सम्पन्न,लुम्बिनी आई ईन्सटिच्युट चौथो पटक बिजेता

भैरहवा, ६ माघ,
द नेक्सट नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिीनी आई ईन्सटिच्युटले जितेको छ । शनिबार भैरहवा बहुमुखी क्याम्पसमा सम्पन्न फाईनलमा तिनाउ बिकाश बैंकलाई २ विकेटले पराजित गर्दै लुम्बिनी आईले उपाधी सहीत नगद १५ हजार रुपैया पुरस्कार जितेको छ । फाईनलमा टस जितेर ब्याटिंग गरेको तिनाउ बैंकले लुम्बिनी आई समक्ष जितका लागी ६१ रनको लक्ष्य प्रस्तुत गरेकोमा उक्त लक्ष्यलाई ४ ओभर ४ बलमै पुरा गरी उपाधी जितेको हो । लुम्बिनी आई यस अघिका ३ सस्करणको बिजेता समेत हो । लुम्बिनी आईको जितमा तुलबहादुर थापाले २३ रन तथा एकलाख अहमदले २१ रनको योगदान दिएका थिए । यस अघि ब्याटिंग गर्दै तिनाउले निर्धारीत ५ ओभरमा ६० रन बनाएको थियो । जसमा शंकर रानाले ३१ र अन्तिम थापाले १३ रनको योगदान दिएका थिए ।बलिंग तर्फ लुम्बिनीका कृष्ण यादबले ७ रन खर्चेर २ विकेट लिए भने तिनाउका अन्तिम थापाले ४ रन खर्चदै २ विकेट लिएका थिए ।
यस अघि सेमिफाईनलमा तिनाउले गण्डकी बिकाश बैंकलाई तथा लुम्बिनी आईले मिलिजुली सहकारीलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द फाईनल लुम्बिनीका एकलाख अहमद घोषित भई ३ हजार रुपैयाबाट पुरस्कृत भए । त्यस्तै म्यान अफ द सिरीजको ५ हजार रुपैया पुरस्कार तिनाउका शंकर रानाले प्राप्त गरे । त्यस्तै गरी उत्कृष्ट ब्याटसम्यान तिनाउका अन्तिम थापा, उत्कृष्ट बलर मिलिजुली सहकारीका मनिष पौडेल, उत्कृष्ट क्षेत्र रक्षक लुम्बिनीका एकलाख अहमद, उत्कृष्ट क्याच कालिका ईन्जिनियरींगका शैलेस श्रीबास्तब, बुद्धम अटोमार्ट बेस्ट सिक्सबाट लुम्बिनीका एकलाख अहमद, अनुशाषित टिमबाट नबिल बैंक, उत्कृष्ट ड्रेस एसबिआई बैंक, बेस्ट टिम सपोर्ट मेघा बैंक र फस्ट रजिष्ट्रेशनबाट तिनाउ बैंक पुरस्कृत भए ।
बिजेता तथा उपबिजेता कर्पोरेट टिमलाई ट्रफी, नगद, पुरस्कार तथा प्रमाणपत्र मुख्य अतिथी लायन्स ३२५ बि २ का पुर्ब गभर्नर अरुण प्रताप राणा, आयोजक लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष अरुण पन्थी, डिस्ट्रिक एडभाईजर गणेश बहादुर क्षेत्री, एओजि ओम कुमार श्रेष्ठ, एरीया को चिफ अर्चित श्रेष्ठ, लियो क्लब जिल्ला परीषदका अध्यक्ष सार्दुल मयुर कशौधन, लियो क्लबका पुर्ब अध्यक्ष सुनिल सेन्चुरी, बिबेक जैशवाल,मुख्य प्रायोजक द नेक्सट एजुकेशनका क्षेत्रिय प्रबन्धक गोबिन्द राजअधिकारी, सह प्रायोजक सेभेन्टी फोर युनिक कस्मेटिक का प्रोप्राईटर सलामत अलि, लियो ३२५ बि २ का डिस्ट्रिक पिआरओ सञ्जय सिंह केसी,एसबिआई बैंक भैरहवा शाखाका प्रबन्धक प्रबिण बज्राचार्य, लुम्बिनी आई ईन्सटिच्युटका निर्देशक सलमा राई केसी लगायतले प्रदान गरेका थिए । प्रतियोगिताको समापन सत्रको सञ्चालन क्लबका सचिब सुमन अधिकारीले गरेका थिए भने प्रतियोगिता बारे जानकारी तथा स्वागत क्लबका पुर्ब अध्यक्ष सञ्जय सिंह केसीले गरेका थिए । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा सम्पन्ने प्रतियोगितामा रुपन्देहीका १२ कर्पोरेट हाउसको सहभागिता थियो ।

LEAVE A REPLY