सिमेन्ट र छड उद्योगमा लागेको ताला प्रशासनले खोल्यौ । सुरक्षा प्रदान गर्न उधोगीहरुको माग ।

भैरहवा माघ १०,
अस्वभाविक मूल्य वृद्धि गरेको बिरोधमा युवा संघ नेपाल र वाइसियलले रुपन्देहीमा रहेका सिमेन्ट र छड उद्योगहरुमा गरेको तालाबन्दी प्रशासनले खोलेको छ ।
मूल्य वृद्धिले विकास निर्माणलाई नै प्रभाव पारेको भन्दै युवा संघ नेपाल र वाइसियलले मंगलबार भैरहवा लुम्बिनी करिडोरमा रहेका ११ वटा सिमेन्ट उद्योग र दुई वटा छड उद्योगमा तालाबन्धी गरेको थियो ।
सिमेन्टमा अहिले प्रति बोरा ओपिसीमा ८० रुपैया र पिपिसी सिमेन्टमा एक सय रुपैयाा मूल्य बढेको छ । त्यस्तै छडमा प्रति किलो आठ रुपौया बढेको छ । प्रशासनले ताला खोले पनि मूल्य फिर्ता नहुादासम्म थप बिरोधका कार्यक्रमहरु जारी राखिने युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए ।
उद्योगीहरुले भने गुण्डागर्दी शैलीमा गरिएको तालाबन्दीको बिरोध गरेका छन् । कुनै पनि संघ संगठनलाई अर्काको निजी सम्पतीमा तालाबन्दी गर्ने अधिकार नभएको उधोगीहरुको भनाई छ । उधोगहरु गलत छन् भने तिनलाई अनुगमन गर्ने देखी लिएर सिलबन्दी गर्ने सम्मका अधिकार नेपार सरकार संग सुरक्षीत रहेको अवस्थामा कुनै पार्टिको भातृ संस्थाले गुडागर्दीको शैलीमा उधोगमा तालाबन्दी गर्नु गलत भएको उधोगीहरुले पत्रकार सम्मेलन गरी बताए ।
मूल्य बृद्धिको स्पष्ट कारण जिल्ला प्रशासन कार्यालयमा आफुहरुले बुजाएको उधोगीहरुले बताएका छन् । नेपाल सरकारको स्वमीत्वमा रहेको र स्वदेसी क्लिड.कर बाट सिमेन्ट उत्पादन गर्दै आएको उधोगले समेत मुल्य बृद्धी गरेको अवस्थामा अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर उधोग संञ्चालन गर्नेहरु संग कुनै छलफल नगरि उद्योग बन्द गर्दा उद्योगीहरु असुरक्षित महशुस गरेको जगदम्बा सिमेन्ट उधोगका प्रबन्ध निर्देशक बिदुर ढुड.गानाले बताए ।
कच्चा पदार्थ, ढुवानी भाडा, बिद्युत, डिजल लगायतमा मूल्य बृद्धि भएसागै पुष महिनादेखि सिमेन्ट र छडमा १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको उद्योगीहरुले बताएकाछन् ।

LEAVE A REPLY