सामूहिक विद्यालय परिवारको खेल महोत्सब सुरु

भैरहवा, १४ माघ
सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा आईतबार बाट भैरहवाको सिद्धार्थ रागशालामा ३ दिने खेलकुद महोत्सव सुरु भएको छ ।
भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापना देखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले १६ आंै संस्करण अन्र्तगत शान्ति र सम्वृद्धिका लागी खेलकुद भन्ने नारा सहित खेल महोत्सव सुरु भएको परिवारका अध्यक्ष प्रेम नारायण पौडेलले बताए ।
महोत्सब सुरु हुनु अघि भैरहवाको लुम्बिनि प्रबेशद्धार बाट बृहत शान्ति ऱ्याली निकालिएको ऱ्याली सायोजक दिपेश भटराईले जानकारी दिए । ऱ्यालीको उदघाटन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक दक्ष कुमार बस्नेतले गरेका थिए । ऱ्याली बुद्धचोक नारायण पथ, प्रहरी टोल, मिलन चोक, बैक रोड, देबकोटा चोक, आाखा अस्पताल हुदै रागशाला पुगेको थियो । महोत्सबको प्रतिनिधि सभा रुपन्देही १ का सासद छबिलाल बिश्वकर्माले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै साासद बिश्वकर्माले बिगतका दिनमा खेलकुदले महत्व पाउन नसकेको चर्चा गर्दै बिद्यालय स्तरिय खेदकुदलाई अगाडी बढाउन आफु गम्भिरताका साथ लाग्ने बताए । उनले खेलकुदमा सबैको अपनत्व हुनुपर्नै उल्लेख गर्दै मुलुक साघियतामा गैसकेकाले अब बिद्यालय स्तरमा समेत खेलकुदले महत्व पाउने दाबी गरे ।

रुपन्देही क्षेत्र ३ क का बिधायक सान्तोष पाण्डेले बिद्यालय स्तरबाटै खेलकुद लाई अगाडी बढाउन सके धरै राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकिने उल्लेख गर्दै सामुहिक बिद्यालय परिवार गरेको खेल महोत्सवले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मदद पुग्ने बताए । सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले बिगतका दिनमा नगरपालिकाले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको बताउदै सिद्धार्थनगरले पहिलो पटक मेयर कप खेलकुद आयोजना गर्न लागेको जानकारी दिए । उनले नगरमा क्रिकेटका साथै अन्य खेलकुदका लागी रागशाला आवश्यक रहेको बताउदै त्यसका लागी आफुहरु सक्रियताका साथ लागी परेको बताए । परिवारका अध्यक्ष प्रेम नारायण पौडेको अध्यक्षता, खेल सायोजक राजकुमार गुरुडको स्वागत, सचिब मनोज यादबको साचालनमा साम्पन्न उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य बिष्णु पन्थी, प्याब्सन ५ नम्बर प्रदेशका अध्यक्ष कृष्ण प्रसाद खनाल, रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, ब्रहमकुमारी ईश्वरिय बिश्वबिद्यालय भैरहवाकी प्रमुख शान्ती दिदि, सिद्धार्थनगर वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल लगायतले खेलकुद महोत्सवको सफलताको शुभकामना दिएका थिए । नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्ने तथा संस्थामा आबद्ध विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको परिवारका सचिव मनोज कुमार यादवले बताए । आफुहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै समाज र रािष्ट्रयताप्रति जिम्मेवार असल नागरिक तयार पार्ने उदेश्य अनुरुप कार्यक्रमहरु गर्दै आएको परिवारका पूर्व अध्यक्ष गोकुल पोखरेलले बताए ।
महोत्सवमा ३ तहमा विभिन खेलहरु खेलाइने छ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र/छात्रालाई फरह फरक खेलहरु खेलाइने छ । प्रतियोगितामा कक्षा १० का विद्यार्थीलाई भने परिक्षा तयारीका कारण समावेश गरिएको छैन् । प्रतियोगितामा परिवारमा आबद्ध १५ विद्यालयहरुको सहभागीता रहको खेल संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

संस्थाले स्थापना देखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको परिवारका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेले बताए ।

LEAVE A REPLY