सिद्धार्थ जेसिसमा भण्डारी

भैरहवा माघ १७
जेसीआई सिद्धार्थ नेपाल सिद्धार्थनगरको ४२ औं साधारण सभा तथा अधिवेशनबाट कमल भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ५९ मत ल्याई प्रतिद्वन्दी वर्ष २०१७ का एरिया कोर्डिनेटर विनय कसौधनलाई पराजित गर्नु भएको हो । कसौधनले २४ मत प्राप्त गरेका थिए ।
एक वर्षे कार्यकाल रहने जेसीआई सिद्धार्थ नेपाल सन २०१८ का लागि अध्यक्ष बाहेकका सम्पूर्ण पदमा सर्वसम्मत भएको थियो । त्यसैगरि कार्यकारिणी उपाध्यक्षमा दिपक सापकोटा र सागर पोखरेल तथा उपाध्यक्ष हरिलााल जयसवाल, ऋषिराम पाण्डे, लोकमणि भट्टराई जीवन पौडेल चयन हुनु भएको छ । निर्देशकमा भने माधव शर्मा, गोपाल भण्डारी, गणेश शर्मा अधिकारी र पंकज यादव निर्वाचित हुनु भएको निर्वाचन आयुक्त तथा महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भरत शाहले जेसिजले युवा युवतीलाई एक ढिकका गरि सामाजिक र समाज सुधारक गतिविधीमा अग्रसर हुने बताउँदै जेसिसको सिद्धान्त र परिधीमा रही एक आपसमा विश्वासलाई कायम राख्नेगरि काम गर्नु समेत सुझाव दिनुभयो ।
अध्यक्ष सुमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, पूर्व अध्यक्ष सुदर्शन नेपाल, लेखनाथ भट्टराई, प्रमुख निर्वाचन अधिकृत महेन्द्र कुमार श्रेष्ठ, लेडी जेसिसका अध्यक्ष विन्दु काफ्ले, दिपक क्षेत्री न्यौपाने, कार्यक्रम निर्देसक दिपक सापकोटा, महासचिव राकेश गुरुङ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष पंकज उदासले आय व्याय सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संचालन गोपाल ज्ञवालीले गर्नुभएको थियो ।

LEAVE A REPLY