रुपन्देहीमा विद्यार्थिसंग साहित्य अभियान शुरु

भैरहवा, माघ १८ ।
समाजका नयां पुस्तालाई साहित्यप्रति आर्कर्षीत गर्ने ध्ययेले रुपन्देहीमा विद्यार्थिसंग साहित्य अभियान शुरु हुने भएको छ । नेपाली साहित्य जगतका विशीष्ट व्यक्तित्व विजय सागर, वनमाली निराकार र रुद्र ज्ञवालीको अगुवाईमा रुपन्देहीमा यो अभियान शुरु हुन थालेको हो । ‘विवरु‘ का नामले परिचीत बरिष्ठ साहित्यकारत्रयले सामुदायीक तथा संस्थागत विद्यालयमा प्रत्येक महिनाको तेस्रो शुक्रबार कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थि र शिक्षकहरुको सहभागीतामा उक्त कार्यक्रम गर्न थालेको बताए ।
अभियानको सन्दर्भमा जानकारी दिन विहीबार भैरहवा स्थित शहिद स्मृति पुस्ताकालयको सभाहलमा आयोजित पत्रकार भेटघाटमा अभियन्ता वरिष्ठ कथाकार वनमाली निराकारले भने ‘समाजका नया पुस्ता जो साहित्यप्रति रुची कम भएका छन् । तीनलाई साहित्यको महत्व,साहित्यले समाजमा पार्ने प्रभाव, राष्ट्रलाई पार्ने प्रभावको बारेमा सचेत गराउदैं नयां पुस्तालाई साहित्य सिकाउने गरी ३ जनाको अगुवाईमा यो अभियान शुरु गर्न गईरहेका छौं ।‘
अभियानका अर्का अभियन्ता बरिष्ठ कथाकार विजय गोविन्द श्रेष्ठ( विजय सागर) ले प्रत्येक व्यक्तिमा कवि भाव हुने भएता पनि त्यसको उपयोग हुन नसको बताउदैं हरेक व्यक्तिमा लुकेको अन्र्तनीहित क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यले अभियान थालिएको बताए । सागरले भने ‘ अहिलेका बालबालिका मोबाईल खेलाएर, अन्य अनावश्यक काममा समय व्यतित गरिरहेका हुन्छन् । अत्यन्तै महत्वपुर्ण समयलाई झनै उपयोगी बनाउदैं साहित्यप्रति आर्कर्षीत गर्ने हाम्रो अभियान हो । ‘
पत्रकार भेटघाटमा अर्का अभियन्ता वरिष्ठ कवि रुद्र ज्ञवालीले फरक खालको क्षमताको कारण पुरानो र नयां पुस्ताबीच बढ्दै गरेको दूरीलाई कम गर्न अभियान थालिएको जनाए । उनले भने ‘पछिल्लो पुस्ता साहितयप्रति रुची नराख्ने तथा साहित्यबाट टाढिएको अवस्था आएको हुदां विद्यालय तहबाट साहित्यमा विऊ रोप्ने तयारी थालेका हौं । ‘
विवरुले सूचना प्रविधीमा आएको चमत्कारीक विकाससंगै युवा पुस्ता भाषा साहित्यप्रति निरपेक्ष बन्दैं गईरहेको भन्दैं चिन्ता समेत व्यक्त गरेका थिए । उनीहरुले पत्रकारहरुसंग एकै स्वरमा भने ‘ आफूले लेखेर, कृति प्रकाशन गरेर मात्र आफ्नो कर्तव्य पुरा नहुने रहेछ, हामीले यस्तै सोच्यौं र युवा पुस्तालाई साहित्यतर्फ आर्कर्षित गर्न यो विद्यार्थिसंग साहित्य अभियानको उद्घोष गरेका हौं ।
विद्यार्थिहरुले आफ्नो मौलिक भाषा साहित्यको लागी कल्पनाशील। चेतनशील र संवेदनशील बनाउने र साहित्याको माध्यमबाट समाज र राष्ट्रसंग नया पुस्तालाई जोड्ने अभियानका साथ सामुदायीक र निजी विद्यालयहरुमा पुगेर नै प्रत्यक्ष रुपमा विद्यार्थिसंग भाषा साहित्यका कुरा गर्ने, आफ्ना अनुभव साट्ने, उनीहरुका रचना सुन्ने , साह्त्यिीक प्रतियोगिता गराउने, उत्कृष्टलाई प्रोत्साहित गर्ने र लेख्न तथा प्रकाशनमा प्रेरीत गर्ने विवरुले बताए ।
निशुल्क रुपमा आफ्नै खर्चमा चलाउन थालिएको उक्त अभियानमा साहित्यकारहरुको सहभागीतालाई पनि उनीहरुले स्वतःस्फूर्त रुपमा अपेक्षा गरेका छन् । विवरुको अभियान अन्र्तगतको पहिलो कार्यक्रम माघ १९ गते भैरहवा स्थित काशी नोबल एकाडेमीमा हुने छ ।
को हुन त विवरु ?
नेपाली भाषा साहित्यका स्थापीत साहित्यकार हुन् विवरु । साहित्यका विविध विधामा कलम चलाउदैं आएका लुम्बिनीको प्रवेशद्धार भैरहवामा स्थायी बसोबास गर्ने उनीहरु तीन जना मध्य २ जना निवृत जीवन विताईरहेका छन् भने एक जना राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत छन् । विवरु तीनै जना साहित्यकारको नामको पहिलो अक्षरबाट निर्माण भएको हो । विक्रम सम्बत २०६६ सालमा विवरुका कथाहरु भन्ने कथासंग्रह मार्फत साहित्यीक क्षेत्रमा आएका साहित्यकार त्रय अलग अलग ढंगले नेपाली साहित्यमा परिचीत छन् । तीनै जनाले कथा कविता, मुक्तक, गजल , समालोचना जस्ता कृति प्रकाशन गरेका छन् ।
२०३० सालमा हाम्रा कथाहरु कथासंग्रहमा सहलेखन गरी प्रकाशन भएको कृति मार्फत कृर्तिकारको रुपमा नेपाली साहित्यमा प्रविष्ट गरेका विवरुका (वि) विजय सागरका चौतारो हवाईपत्रमा लघुकथासंग्रह सहलेखन २०३३ र २०३४, सागरका कथाहरु २०६०, सागरका कविताहरु २०६१, नेवा संस्कृति २०६४ र विवरुका कथाहरु सहलेखन २०६६ प्रकाशित कृर्ति हुन् ।
२०४६ सालमा साझा प्रकाशनबाट समयको पर्खाल कथासंग्रह प्रकाशित गरी नेपाली साहित्यमा कृतिकारको रुपमा प्रवेश गरेका विवरुका (व) वनमाली निराकारले त्यसयता पत्रसंचयन –पत्रसाहित्य २०६३, लोकतन्त्रको शंखानाद –कवितासंग्रह २०६४, विवरुका कथाहरु सहलेखन २०६६ र एउटा वस्तीको कथा कथासंग्रह २०७१ र खनाल बंशावली २०७४ मा प्रकाशीत कृर्ति छन् ।
यसैगरी २०५८ सालमा निर्वासन कथासंग्रहबाट नेपाली साहित्यमा कृतिकारका रुपमा प्रवेश गरेका विवरु (रु) रुद्र ज्ञवालीका सपना फुल्ने रातहरु गजलसंग्रह २०६१, विवरुका कथाहरु सहलेखन २०६६, उन्मूक्त आकाश मूक्तक संग्रह २०६६, असल साथी बालकथासंग्रह २०७१, पात्रहरु कथासंग्रह २०७२ प्रकाशित कृति हुन् ।

LEAVE A REPLY