प्रथम मेयर कप एथलेटिक्स रनिङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श विद्या मन्दिरलाई

भैरहवा माघ १८
सिद्धार्थनगर नगरपालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न प्रथम मेयर कप एथलेटिक्स रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुँदै आदर्श विद्या मन्दिर बोर्डिङ स्कूल भैरहवाले उपाधि हात पारेको छ । एथलेटिक्स अन्तर्गत बुधबार र बिहीबार गरी दुईदिनसम्म चलेको खेलमा आदर्श विद्या मन्दिरले सबैभन्दा धेरै अंक प्राप्त गरी उपाधि जितेको हो ।
आदर्शले नगद २५ हजारसहित रनिङ शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा युनिभर्सल पब्लिक हाई स्कूल भैरहवाले द्वितीय स्थान हासिल ग¥यो । युनिभर्सलले नगद १५ हजासहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै मनकामना इङ्गलिस बोर्डिङ स्कूलले तृतीय स्थान हासिल गरी नगद १० हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गरी पुरुषतर्फ भैरहवा नमूना माध्यमिक विद्यालयका मोहम्मद रफिक र महिलातर्फ भानु माध्यमिक विद्यालकी शिला पुन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नम्बर पाँचका वडाअध्यक्ष एवं मेयर कप खेलकुद संयोजक चेतबहादुर क्षेत्रीले बताए । यस्तै प्रतियोगितामा आदर्श विद्या मन्दिरकी कुश्मा ठगुन्ना उदयमान खेलाडी घोषित भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् ।
एथलेटिक्स अन्तर्गत १५ सय मीटर, एक सय मीटर, ४ सय मीटर, दुईसय मिटर, आठसय मिटर, तीनहजार मिटर, एक सय इन्टु चार रिले दौड तथा हाईजम्प, ज्याभलिन थ्रो, सटपुट, लङजम्पका खेलहरु भएको एथलेटिक्स खेल संयोजक जीवन बस्नेतले बताए । प्रतियोगितामा नगरभित्र अवस्थित १६ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
विजयी खेलाडी तथा विद्यालयलाई बिहीबार एक समारोहकाबीच पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण गर्दै अधिकारीले मेयर कप खेलकुदले नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्न टेवा पुगेको बताए ।
मेयर कप अन्तर्गत यही माघ २० गतेदेखि २७ गतेसम्म क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेटमा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् ।

LEAVE A REPLY