नेपाल नेत्रज्योति संघ रुपन्देहीको १० औं साधारणसभा सम्पन्न

भैरहवा माघ २०.
नेपाल नेत्रज्योति संघ रुपन्देहीको १० औं साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्माले भैरहवामा रहेको लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल नगर, जिल्ला र देशका नागरिकको मात्र उपचार केन्द्र मात्र नभई छिमेकि देशका नागरिकले पनि लाभ लिइरहेको बताउँदै जिल्ला समन्वय समितिले आँखा हस्पिटललार्ई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिद्धार्थनगरनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नगरको गहनाका रुपमा आँखा अस्पताल रहेको उल्लेख गर्दै अझ गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष शुदर्शन नेपालले नेपाल नेत्रज्योति संघ रुपन्देहले नेपालमा मात्र नभई विदेशमा पनि कार्यको थालनी गरेकामा प्रशंसा गर्दै नेपाल नेत्र ज्योति संघका शाखाहरु सङ्गख्यात्मक भन्दा गुणात्मक तवरले बृद्धि हुनु राम्रो पक्ष रहेकोे बताए ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थाका व्यवस्थापक आमोद सिंहले संस्थानले गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै भैरहवाबाट सेवा विस्तार गरे पनि लुम्बिनी अञ्चलका ६ वटा जिल्ला र प्यूठान, ताप्लेजुङ लगायतका स्थानबाट सेवा दिईरहेको बताए ।

साधारण सभामा नेपाल नेत्र ज्योति संघका कोषध्यक्ष निधानचन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७३÷०७४ को लेखापरिक्षणको प्रतिवेन प्रस्तुत गरेका थिए भने सचिव गाणेश बहादुर क्षेत्रीले भावी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रोफोसर डा. नन्दा गुरुङ्ग, सिद्धर्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नवराज न्यौपाने लगायलले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY