भैरहवा छिट्ै लोडसेडिड मुक्त ः एमाले उपमहासचिव भुषाल

भैरहवा माघ २०.
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य घनश्याम भुषालले छिट्ै भैरहवालाई लोडसेडिड मुक्त बनाउने दाबी गरेका छन् ।
नेपाल भन्सार एजेन्ट सँघ सिद्धार्थनगरको ९ औ अधिबेशन तथा २१ औ साधारण सभाको शनिबार भैरहवामा उद्घाटन गर्दै भुषालले चालु आर्थिक बर्षको बर्षात अगाबै भैरहवालाई लोडसेडिङ्ग मुक्त र बिशेष आर्थिक क्षेत्र सेजमा पनि बिधुत उपलब्ध गराउने बताएका हुन ।
भैरहवालाई लोडसेडिड मुक्त बनाउन बिद्युत प्राधिकरणले कार्य गरिरहेको जानकारी दिदै भैरहवामा रहेको सेजलाई आवश्यक पर्नै बिद्युत उपलब्ध गराईने उनले बताए ।
आर्थिक बिकासमा दु्रत गतिमा चीन र भारत अघि बढीरहेको बताउदै अब नेपाल पनि आर्थिक बिकासमा अघि बढनु पर्नैमा जोड दिए । उनले भारतले नेपालका बिभिन्न योजना लिने तर समयमै निर्माण नगरेका कारण समस्या उत्पन्न भएको चर्चा गर्दै अब भारतले निर्माण नगरे नेपाल आपmैले निर्माण गर्नै बताए । भन्सारका लागी आवश्यक आईपीसीका लागी नेपाल जग्गा अधिग्रहण गरि सक्दा भारतले त्यस तपर्m चासो नदिएकोले यसका लागी भारतिय समकक्षी र अर्थ मन्त्रालयमा आपmुले समन्वय गर्नै बताए ।
नेपाल भारत सिमा नाका बेलहिया र अन्य क्षेत्रमा हुने ट्रापिmक जाम र समस्या प्रति आपmु गम्भीर रहेको उल्लेख गर्दै भुषालले ब्यबस्थित पार्कीडका लागी पनि आपmुले सम्बन्धित निकायमा अबिलम्ब पहल गर्नै बताए । नेपाल भन्सार एजेन्ट महासँघका अध्यक्ष डा शान्त कुमार शर्माले राष्ट्रको ४४ प्रतिशत राजस्व भन्सार बाट सरकारलाई बुझाउने बताउदै भन्सार एजेन्टका समस्या प्रति सरकार गम्भिर नभएको आरोप लगाए । भैरहवा भन्सारको आईपीसी निर्माण अबिलम्ब पुरा गर्न आग्रह गरे । भैरहवा भन्सार एजेन्ट सँघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले भैरहवा भन्सार मुलुकै प्रमुख नाका भएकाले यसका समस्या प्रति सबै गम्भिर बन्नु पर्नै औल्याए ।
उक्त अवसरमा भैरहवा भन्सार कार्यलयका प्रमुख भुपाल शाक्य, रुपन्देही उद्योग सँघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहरा, बिरगँज भन्सार एजेन्ट सँघका अध्यक्ष बालकृष्ण बस्नेत,भैरहवा भन्सार एजेन्ट सँघका पूर्व अध्यक्ष प्राचिन थैब , पूर्व उपाध्यक्ष बिष्णु शर्माको स्वागत, महासचिब मधुसुदन पन्थी लगायतले अधिबेशनको सपmलताको शुभ कामना दिएका थिए । सोही कार्यक्रममा भन्सार एजेन्ट सँघलाई सहयोग गरेको भन्दै लुम्बिनि प्रेश क्लबका अध्यक्ष माधब ढुँगाना, पूर्व अध्यक्ष शिब शर्मा, ट्रान्स नेपालका प्रमुख रबि पारिख, पूर्व उपाध्यक्ष बिष्णु शर्मा, केशब श्रीवास्तब लगायतलाई सम्मान गरिएको थियो ,।

LEAVE A REPLY