होलिसिटी लायन्सद्धारा साई ग्लोबलमा लागुऔषध सचेतना कार्यक्रम

भैरहवा माघ २१,
शहिद दिवसको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आईतबार एक कार्यक्रमको विच दोस्रो श्रृखंला अन्तरगत साई ग्लोबल कलेजमा “लागुऔषध विरुद्ध सचेतना कार्यक्रम” सम्पन्न गरेको छ । लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरका अध्यक्ष लायन सुशील गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, भैरहवाका प्रमुख ब्रह्माकुमारी शान्ति दिदीरहनु भएको थियो ।
शहिद दिवसको अवसरमा आयोजीत कार्यक्रममा अहिलेका युवाहरु पनि सकारात्मक तथा श्रृजनात्मक सोचका साथ लागुऔषधको कुलतबाट बची देश विकाशमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वक्ताका रुपमा लागुऔषध विरुद्धको अभियन्ता दिलीप भट्टराई, करुणा चौतारी फाउण्डेशन (पुनस्र्थापना केन्द्र) का परामर्शदाता अरुण थापा मगर तथा लागुऔषध नियन्त्रण व्युरो, लुम्बिनी अञ्चल प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब निरिक्षक सुर्य बहादुर पुनले लागुऔषधको प्रकार, यसको असर, सेवनका कारण, सामाजिक–आर्थिक प्रभाव तथा सजाय सम्बन्धी कानुनी पक्षहरुको बारेमा प्रकाश पारेका थिए ।
३२५बि२ का एओजी तथा संस्थापक अध्यक्ष लायन ओम कुमार श्रेष्ठ, भर्खरै मात्र स्थापित लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका संस्थापक अध्यक्ष लायन रचना क्षेत्री, साइ ग्लोबल कलेजका संयोजक सरोज कमल श्रेष्ठ, अमिताभ बौद्ध विहारका अध्यक्ष अनिल के.सी. आदिले कार्यक्रममाथि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम संयोजक संस्थाका सह–सचिव लायन कुशल कुमार उपाध्यायको स्वागत, क्लबका सचिव लायन पवन क्षेत्रीको ध्वजा अभिवादन तथा द्धितीय उपाध्यक्ष लायन संगम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY