भैरहवामा जारी प्रथम मेयर कप टि २० प्रतियोगीतामा आईतबार दुई खेल सम्पन्न ।

भैरहवा माघ २१,
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पहिलो खेल टाई भएर दुबैले समान अंक बााडेका छन् । दोस्रो खेलमा शिवशक्ति क्रिकेट क्लब विजयी भएको छ ।
खराब मौसमका कारण ढिला सुरु भएको पहिलो खेलमा साई ग्लोबल क्रिकेट क्लबले टस जितेर ब्याटिङ गर्दै निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार गरेको थियो । जसमा सिजन मकाजुले ३७ रन बनाउादै म्यान अफ द म्याच घोषित भए । यस्तै विवेक शर्माले १८ र इमरान खाानले १३ रन बनाए । बलिङमा प्रोफेसनल मास्टर्स–११ का सामोद पौडेलले २, हरि थापा, बेली ठकुरी, शुलभ ढुंगाना र सगुन खड्काले समान १/१ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ३ रनको लक्ष्य पाएको प्रोफेसनल मास्टर्सले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउादै १ सय २ रन नै बनाएपछि खेल टाई भएको थियो । उसका लागि बादल छन्त्यालले ३१, आदित्य त्रिपाठीले २४, शैलेश श्रीवास्तवले १२ र सन्देश साक्यले ११ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठान र अहम्मद हुसेनले समान २/२ तथा विशाल सुनारले १ विकेट लिए ।
सोही मैदानमा सम्पन्न दोस्रो खेलमा शिवशक्तिले बुद्ध क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । शिवशक्तिले जितका लागि पाएको १ सय ९ रनको लक्ष्य निर्धारित २० ओभरको खेलमा १६ दशमलब पााच ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जित हासिल गरेको हो । शिवशक्तिको जितमा कुशल मल्लले सर्वाधिक ३६ रन बनाए भने नूरध्वज सेनले २८ र विशाल खत्रीले २२ रनको योगदान दिए । बुद्धका लागि प्रवेज अन्सारी र खिम थापाले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित खेलमा १९ दशमलब १ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ८ रनको योगफल तयार पारेको थियो । उसका लागि आनन्द कुमार गौडले ४७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । प्रथम पराजुलीले १५ र विवेक न्यौपानेले १३ रन बनाए । बलिङमा शिवशक्तिका अनिल खरेलले ३ विकेट लिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । यस्तै कृष्ण कार्कीले २ तथा विष्णु कटरिया र गणेश गौडेलले १/१ विकेट लिए ।
सोमबार पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल तिरुपति क्रिकेट क्लब र शिव शक्ति क्रिकेट क्लबबीच हुने मेयर कप संयोजक चेतबहादुर क्षेत्रीले बताए ।
यही माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ८ वटा क्लबहरुको सहभागिता छ । प्रतियोगितामा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् ।

LEAVE A REPLY