समयको माग अनुसार शिक्षा नीति तयार गर्नुपर्ने : सासंद विश्वकर्मा

भैरहवा माघ २१ ।
रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले समयको माग अनुसार शिक्षा नीति तयार गर्नुपर्ने बताएका छन । उनले शिक्षा विना मानिसको जीवन नै अन्धकार हुने भएकाले सबै व्यक्ति शिक्षित हुन आवश्यक रहेको बताए ।
रुपन्देहीको ओमसतिया गाउापालिका–६ मा रहेको छोटकीरामनगर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले उक्त कुरा बताए । प्रतिनिधिसभा सदस्य विश्वकर्माले अब प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै शिक्षा व्यवहारिक खालको हुनुपर्ने बताए । शिक्षा विना सम्वृद्ध समाज र देश निर्माण गर्न नसकिने भएकाले हरेक बालबालिकालाई शिक्षाको पहुाचमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले अबको ५ वर्ष भित्रमा वामगठबन्धनले मूलुकमा विकासको लहर ल्याउने उल्लेख गरे । विद्यालयका कार्यवाहक अध्यक्ष एवं ओमसतिया गाउापालिका वडा नं. ६ का वडाअध्यक्ष शिव कुमार धवलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं. १(१) का प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपाने, पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी, ने.क.पा. (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री, विनोद कुमार उपाध्याय, ओमसतिया गाउापालिकाका अध्यक्ष हिरा केवट(राहुल) लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षक बाबुराम पोख्रेलको स्वागत तथा सञ्चारकर्मी कमला अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा हालका शिक्षक जीत बहादुर निषादले विद्यालयको इतिहास र प्रधानाध्यापक रामकैलाश राजभरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY