कैलाशको बैकको ४३ औं शाखा भैरहवामा

भैरहवा,माघ २६
कैलाश विकास बैंकले शुक्रबार ४३ औं शाखा विस्तार गरी सिद्धार्थनगरको नारायणस्थानबाट आफ्नो कारोवार शुभारम्भ गरेको छ । शाखाको एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै अध्यक्ष पौडेलले बैंकले सेवाग्राहीको सुविधालाई वषेश प्राथमिकतामा राखेर बैंकिंङ नियमको पालना गर्दै सेवा प्रवाह गर्ने बताए ।
विभिन्न तीन वटा उत्कृष्ट वित्तीय सम्मान प्राप्त गर्न सफल यस बैंकको चुतmा पुंजी २ अर्व ५२ करोड तथा १९ अर्व निक्षेप संकलन गरी १७ अर्व ६९ करोड कर्जा प्रवाह गरेको जनाईएको छ । काठमाडौंमा केन्द्रिय कार्यलय रहेको बैंकले देशका विभिन्न ४२ वटा स्थानबाट बैंकिङ सेवा तथा २२ स्थानबाट एटिएम सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रविधिको विकाससंगै आधारभुत बैंकिंङ सेवासंगै मोवाईल बैंकिङ सेवा,एसएमएस,ईन्टरनेटसेवा,शेयर लगानी कर्ताको लागि सीआस्वा सेवा,रेमिट्यान्स सेवा लगायतका प्रविधिमा आधारित सेवा समेत प्रवाह गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा संचालक सुनिल नारायण श्रेष्ठ,कविराज पौडेल,चिन्तामणि पाण्डे,उद्धवराज पुरी,जनकराज ढुंगाना,उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य चोप नारायण श्रेष्ठ लगायतले सफलताको लागि शुभकामना प्रदान गरेका थिए । कार्यक्रमको संचालन विमल तिमिल्सिनाले गरेका थिए ।

LEAVE A REPLY