पवनको अर्धशतकमा नेपालद्धारा ईण्डियासामु १ सय ९४ रनको लक्ष्य

काठमाण्डौ । मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले अर्धशतक बनाएपछि एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपालले ईण्डियासामु १ सय ९४ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । बंगलादेशको ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ दशमलव ५ ओभरमा १ सय ९३ रनमा समेटियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमै डक आउट भएको खेलमा पवन सर्राफले सर्बाधिक रन बनाए । शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८ र दिपेन्द्रसिंह ऐरीले २४ रन जोडे । करण केसीले २० रन बनाए । बिनोद भण्डारीले ५ रन बनाएको ईनिङसमा सोमपाल कामी र आरिफ शेखले समान २ रन बनाएर पभेलियन फर्किए ।
ईण्डियाका सौरभ दुवेले ४, यस राथोडले ३ र पर्थ राखाडेले २ विकेट लिए । सिद्धार्थ देसाईको नाममा १ विकेट रह्यो ।
समुहको शीर्ष २ स्थानमा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउने भएकाले ईण्डियाबिरुद्धको खेलमा जित निकाल्ने योजनामा नेपाली टोली मैदान उत्रिएको छ ।