त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न

अन्य खबर

भैरहवा, कात्तिक २९ । त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन जयसंगत सस्कृतका संयोजक योग श्री पुष्पराज पुरुषले गर्नुभयो ।
संस्थाका अध्यक्ष डा बद्रि प्रसाद गौतमको अध्यक्षता भएको सभामा महादेव पौडेलले स्वागत तथा लिला कुमारी पौडेलले संचालन गर्नु भएको हो ।
संस्थाको हाल ६ करोड ६१ लाख १३ हजार सेयर पुजी रहेको छ । यस्तै संस्थाको कुल जगेडा कोष रकम ६४ लाख २१ हजार १ सय, अन्य कोषहरु एक मुस्ट रकम ४२ लाख ३६ हजार ४ सय, लिएको ऋण ४३ लाख ४१ हजार ८ सय, स्थानिय कर्जा १ करोड ७८ लाख २ हजार ३ सय, भुक्तानी दिनुपर्ने ४५ लाख ७७ हजार गरि जम्मा कारोवार १० करोड ३४ लाख ९१ हजार ६ सय रहेको छ ।
कार्यक्रममा राम बहादुर थापा, होमनाथ अर्याल, हितराज पन्थी, कमलेश कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा संस्थाको सचिव प्रेम नारायण पाण्डे, कोषाध्यक्ष गिता देवी शर्मा पौडेल, सदस्य पुष्पा पौडेल, शम्भु भर, लेखा समिती सदस्य होमनाथ अर्याल, बाल नरसिङ गुरुङ, सल्लाहकारहरु भिमराज अधिकारी, राजेश अग्रवाल, रमेश अग्रवाल, ऋषिकेश अग्रवाल, कमलेश अग्रवाल, डा प्रितम कुमार शर्मा, सन्दिप निधी तिवारी, राम बहादुर थापा लगायतको सपस्थिती रहेको थियो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।