नेपाल डेन्टल एसोसिएसनको वार्षिक सम्मेलन भैरहवामा शुरु

बिज्ञान प्रबिधि मुख्य खबर

भैरहवा, कत्तिक २९ । नेपाल डेन्टल एसोसिएसनको वार्षिक सम्मेलन भैरहवामा शुरु भएको छ । सम्मेलन उद्धघाटन शुक्रवार प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो ।
एसोसिएसनको रुपन्देही शाखाको आयोजनामा शुक्रवार र शनिवार दुई दिन वार्षिक सम्मेलन २०१९ हुनेछ ।
आयोजकका अनुसार सम्मेलन देश बिदेशका दन्त चिकित्सकको सहभागितामा दन्त चिकित्सा क्षेत्रको श्रीवृद्धिमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्देश्यका साथ आयोजना भएको हो । चिकित्सकहरु विच विचार विमर्श, अनुभव आदान प्रदान नयां नयां अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तक्रिया द्वारा चिकित्सा सम्बन्धि ज्ञान, सिप र धारण लाई बिभिन्न माध्यम तथा कार्यक्रम मार्फत आदानप्रदान गर्नको लागी सम्मेलन महत्वपुर्ण भुमिका खल्ने आयोजकले जानकारी दिए ।
कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी पनि राखिएको छ । दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधी यन्त्र, उपकरण र औषधि जन्य प्रदार्थ अत्यन्तै सुलभ दरमा उपलब्ध गराउनु उद्देश्यका साथ प्रदर्शनी राखिएको आयोजकले बताए ।
आयोजकका अनुसार सम्मेलन अवधिभर कार्यशाला, गोष्ठि एवं तालिमको आयोजना गरिएको छ । सम्मेलनमा देश बिदेशका विश्व विख्यात दन्त चिकित्सकहरुको सहभागिता रहनेछ जसमा करिव ६४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
कार्यक्रम उद्धघाटन सम्मेलन आयोजक कमिटीका अध्यक्ष प्रा डा हेमन्त कुमार हलुवाईको अध्यक्षतामा भएको छ ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।