ब्यवस्थापकिय क्षमता नबढाइकन मुलुकको प्रगती नहुने – मुख्यमन्त्री शंकर पोखरेल

अन्य खबर

प्रतिक पौडेल

भैरहवा, कत्तिक २९ । प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले ब्यवस्थापकिय क्षमता नबढाइकन मुलुकको प्रगती नहुने बताउनु भएको छ । पोखरेलले ब्यवस्थापकिय क्षमता भित्र समयको ब्यवस्थापन सबै भन्दा महत्वपुर्ण हुने जानकारी दिनुभयो ।
शुक्रबार भैरहवामा स्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापनाको अवशरमा बोल्दै पोखरेलले समयको ब्यवस्थापनमा जती सक्षम हुन सकिन्छ त्यतीनै मुलुक निर्माणको प्रकृयामा बिश्वास बढ्ने बताउनु भयो ।
पोखरलले मृत्यु संस्कारमा हुने समयको खर्च अस्वभाविक रहेकोले त्यसको बचत गर्नुपर्ने धारण राख्नु भयो । पोखरलेले मृत्यु संस्कारमा हामीले गर्ने परम्परागत तरिकाहरु मानव स्वास्थ्यको लागी हानिकारक रहेकोले त्यसलाई सुधार गर्नुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले एभरेष्ट बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत बातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गर्नु धेरैनै राम्रो कार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काङ्खलेले एभरेष्ट बैंक लिमिटेडले बातावरण मैत्री शवदाहगृह निर्माण गरेर धेरैनै सर्हा्निय कार्य गरेको बताउनु भयो । काफ्लेले बैंकले स्थापना गरेको शवदाहगृहका कारण नगर क्षेत्रमा ब्यवस्थित रुपमा दाह संस्कार हुने जानकारी दिनुभयो ।
कार्यक्रमको बिशिष्ठ अतिथीमा प्रतिनिधी सभा सदस्य सुजिता शक्या, प्रदेश सभा सदस्य सन्तोस कुमार पाण्डे, नेपाल राष्ट्र बैंक भैरहवा शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत गजेन्ı कुमार नेगीको अध्यक्षता र सम्झना शर्माको संचालनमा भएको हो ।
बैंकले करिव ७० लाखको लागतमा सिद्धार्थनगर नगरपालिकामा स्थित वडा नं १२ मा रहेको स्वर्गद्वारीघाटमा बातावरण मैत्री शवदाहगृह मेशीन स्थापना गरेको हो । मेशीनमा तातो बहाली प्रणाली र रिङ्खलेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सहुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधी कम गर्नेछ ।
सिद्धार्थनगर नगरपालिका वडा नं १२ का अध्यक्ष करुन्जन श्रेष्ठका अनुसार मेशीनले २ सय ५० केजी भन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुनर काठ जोगाउने छ । मेशिनमा चिसो स्क्रबरको माध्यमबाट धुवा बाहिर निस्किने भएकाले जोखिमपुर्ण वायु प्रदुषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउने र प्रदुषण नियन्त्रणमा सहयोग पर्याउने छ ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।