श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्थाको एघारौ वार्षिक साधारण सभा सम्पन्न

अन्य खबर समाज

भैरहवा, कात्तिक २९ । श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्थाको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गैर सहकार संस्था महासंघ नेपाल प्रदेश नं ५ सचिव गोविन्द प्रसाद रेग्मीले गर्नुभयो । सभामा बोल्दै प्रमुख अतिथि रेग्मीले सहकारी ऐन २०७४, नियमावली २०७५ ,सम्पत्ति सुध्दिकरण निर्दे्शिकाको अध्ययन र कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । रेग्मीले के वाई एम फारम अपडेट गर्नु पर्ने, एक ब्यक्ति एक सहकारीको नितिलाई लागू गर्न सदस्यहरुलाई जानकारी गराउन आवस्यक रहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष श्याम कुमार रानाको अध्यक्षता भएको सभामा उपाध्यक्ष धिरा के सीले स्वागत तथा प्रबन्धक सरिता रानाले संचालन गर्नु भएको हो । सभामा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सचिव धर्मेन्द्र श्रेष्ठ , लेखापरीक्षण समितिको प्रतिवेदन नलिन शर्माले प्रस्तुत गर्नुभयो । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले यस बर्ष कर पछिको खुद मुनाफा ५५ लाख ३० हजार ४ सय ३० गरेको जानकारी गराइएको छ । संस्थाको हाल २२ सय १२ सेय सदस्य रहेका छन् भने ९५ लाख १६ हजार १ सय सेयर पुजी रहेको छ । यस्तै संस्थाको संकलित बचत १० करोड ११ लाख २४ हजार ८ सय ५७ रहेको छ भने ऋण लगानी ९ करोड ५६ लाख १० हजार १ सय ३० रहेको छ । सभामा संस्थाको भवन निर्माणको लागी कात्तिक २३ गते शिलन्यास गरि निर्माण कार्य शुरु भएको जानकारी गराइएको छ । भवनको लागत करिव ४५ लाख रहेको जानकारी समेत दिइएको छ । साभामा साधारण सभा तथा निर्वाचन कार्य्विधि र बिनियम संसोधन प्रस्ताव पारित भएको छ । सभामा उत्कृष्ट बचत कर्ता सर्बेन्द्र शुक्ला, असल ऋणी वर्कत अली, उत्कृष्ट कर्मचारीहरु बचत संकलन तर्फ दुर्गा भुसाल, पोशाक तर्फ बिष्णु कुँवर, अनुसासन तर्फ शोभा राना, नियमित हाजिरी तर्फ पबित्रा थापालाई संमान गरिएको छ । संस्थाले आफ्ना सदस्यहरुका लागि दुर्घटना बिमा समेत गरेको र शेयर सदस्य मनोज घिमिरेको दुर्घटनामा मृत्यु भएकोमा उनको श्रीमतीलाई अजोड ईन्सोरेन्स लिमिटेडको तर्फबाट प्राप्त रु २ लाखको चेक समेत हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण इन्सोरेन्सका शाखा प्रबन्धक प्रकाश गैरेले गर्नुभएको हो । कार्यक्रममा कुल सदस्य संख्याको करिव ८० प्रतिसतको हाराहारीमा उपस्थिति रहेको थियो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।