लुम्बिनी न्यूज फेस्टिभलको तयारी पुरा

मुख्य खबर

भैरहवा, कात्तिक ३० । बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा मंसिर १ देखि तीन दिनसम्म हुने लुम्बिनी न्यूज फेस्टिभलको तयारी पुरा भएको छ । संघीयता पछिको पत्रकारिता विषयमा लुम्बिनी प्रेस क्लबको आयोजनामा आइतबार देखी ३ दिन सम्म न्युज फेस्टिभल आयोजना हुनेछ ।  

प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंका अनुसार मोफसलबाट पनि पत्रकारितामा केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको बताउनु भएको छ । पछाईका अनुसार कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ । साथै देशभरबाट प्रकाशित पत्रिकाहरु पनि प्रदर्शनीका लागि राखिने बताइएको छ । 

कार्यक्रम संयोजक दिपेन्द्र बडुवालका अनुसार लुम्बिनीमा हुने न्युज फेस्टिभलले पत्रकारीता क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गर्ने बताउनु भएको छ । बडुवालका अनुसार कार्यक्रमले पुरानो पुस्ताका पत्रकार देखी लिएर नयाँ पुस्ताका पत्रकारहरु सबैले पत्रकारिता सम्बन्धी धेरै कुरा सिक्न सक्ने जानकारी दिनु भएको छ । यस्तै क्लवका उपाध्यक्ष नरेश केसीका अनुसार कार्यक्रमले समग्र लुम्बिनीको प्रचारप्रसार गर्ने र यहा आएर देशका बिभिन्न स्थान बाट आउने पत्रकारहरुले बौद्ध दर्शन सम्बन्धी धेरै कुरा सिक्न सक्ने बताउनु भएको छ ।

कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात प्रदेशका पत्रकार महासङ्घका अध्यक्षलगायत उपस्थिति रहने निश्चित भएको आयोजकले बताएका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल  भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगतमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।