मेला महोत्वसले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्छ- मन्त्री गिरी

मुख्य खबर

सम्झना शर्मा ।

भैरहवा, ५ मंसिर

प्रदेश नम्बर ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले स्थानीय स्तरमा आयोजना गरिने मेला महोत्सवले पर्यटन क्षेत्रको प्रवद्धनमा उल्लेख्य भुमिका खेल्ने बताएका छन् ।

पांचौ लुम्बिनी पर्यटन प्रवद्धन,औद्योगिक व्यापार तथा कृर्षि महोत्सवमा स्थापना गरिएको पर्यटन डुमको विहीबार उद्घाटन गर्न मन्त्री गिरीले सो कुरा बताएका हुन् ।

पर्यटकीय डुमको अवलोकन पछि मेला आयोजकको प्रशंसा गर्दै मन्त्री गिरीले नीजि क्षेत्रबाट पर्यकीय स्थलको प्रचार प्रसार गर्नु आफैमा समृद्धिको संकेत भएको प्रष्ट पारे ।

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंसिरको ३ गते भैरहवाको अञ्चलपुरमा सुरु भएको महोत्सवमा प्रदेश ५ का धार्मिक एवम् पर्यटकीय स्थलका आकृतिहरु झल्किने खालका तस्वीर एवम् संरचना तयार गरिएको छ ।

भारतले विवादाष्पद नक्शा सार्वजनिक गरी नेपाली भुमामा आफ्नो हक दावी गरिरहेको वेला मेला आयोजकले लिपु लेक र लिम्पियाधुरा क्षेत्र नेपाल भित्रैकै सम्पदा त्रभएको सन्देश दिनका लागि यी स्थानहरुको तस्वीर प्रर्दशन गरेको छ ।

यस्तै नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी पर्यटन वर्ष २०७६ लाई सहयोग पुग्ने गरी मायादेवी पेभेलियनभित्र नेपालका महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु मुगुको ुरारा ताल,लिपुलेक, पाल्पाको रानी महल,मार्दी हिमाल,रेसुंगा,अन्नपुर्ण वेश क्याम्प,माछापुछ्रे,पाकडी बृक्ष,सगरमाथा,स्वर्गद्धारी,मुस्तांङ्घ हिमाल,विचित्रको गुफा,सुपादेउराली, विश्वशान्ति स्तुप लगायतका स्थलको संरचना तयार गरिएको संगठनका अध्यक्ष एवम् मुल आयोजक समिति संयोजक नारायण भण्डारीले जानकारी दिए । मंसिरका १६ गते सम्म संचालन हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम,राष्टिय स्तरका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक बाबुराम खनालले जानकारी दिए ।

महोत्सवलाई आकर्षक बनाउनका लागि आयोजकले मेला स्थलमै सेल्फी जोन,बाल उद्यान लगायत विभिन्न मनोरञ्जन स्थलहरु तयार गरेका छन् । मेला अवलोकनबाट कोही पनि बन्चित नहोउन भनेर विदाको दिन बाहेक विहान ९ बजेदेखि ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाईएको मेला मुल आयोजक समितिका सहसंयोजक रामचन्द्र रेग्मीले बताए ।

यस्तै विद्यार्थीहरुका लागि ५० प्रतिशत छु,समुहमा आउने विद्यार्थीहरुका लागि प्रति विद्याथी ३० रुपैंया,जेष्ठ तथा अपांगता भएकाहरुका लागि निशुल्क टिकटको व्यवस्था गरीएको उनले बताए ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।