भैरहवाको भिम अस्पतालमा सुविधायुतm आकस्मिक सेवा भवन बन्ने,

मुख्य खबर समाज

प्रदेशका सबै सरकारी अस्पतालको स्तरोन्नतीमा प्रदेश सरकार योजनावद्ध लागिपरेको मन्त्री बरालको भनाई ।

समझना शर्मा

भैरहवा, ६ मंसिर ।

भैरहवामा रहेको भिम अस्पतालमा अत्याधुनिक सुविधायुतm आकस्मिक भवन बन्ने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल लिलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको २ करोड ५० लाखको आर्थिक सहयोगमा दुई शैयासहितको अत्याधुनिक उपकरण जडित भवन निर्माण गरिने प्रतिष्ठानका महासचिव विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

निर्माण तर्फ करीब १ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको उहांले बताउनु भयो । यस्तै संचालनका लागि आवश्यक उपकरणका लागि करीब ७० लाख देखि १ करोड लागत लाग्ने महासचिव न्यौपानेले बताउनु भयो ।

भवनको एक समारोहका बीच प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्री सुर्दशन वराल एवम् प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपानेले संयुतmरुपमा शिलन्याश गर्नुभयो ।

५ हजार ५ सय स्वारफुट रहेको भवनको तल माथि २ हजार ७ सय ५० वेश रहने छ । भवन निर्माणको जिम्मा पाएको सुदिप निर्माण कम्पनीले एक वर्षमा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।

आफ्ना स्वर्गिय पिता लिलाराम न्यौपानेको ईच्छा अनुसार विभिन्न सामाजिक काममा सहयोगी गरिरहेको प्रतिष्ठानका अध्यक्ष शोभाखर न्यौपानेले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका संयोजक एवम् अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माको अध्यक्षता,सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवम् अस्पताल विकास समितिका सदस्य हरि प्रसाद अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोष पाण्डे,डा.कृष्ण न्यौपाने, अस्पतालका मेसु बद्रि वैदावार लगायतको आतिथ्यता रहेको थियो । भवन हाल दुई तला निर्माण गरिने र पछि यसलाई पांच लल्ला सम्मको भवन निर्र्माण गरिने प्रतिष्ठानका सदस्य शशी न्यौपानेले जनाए ।

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले प्रदेश सरकार प्रदेशका हरेक सरकारी अस्पतालको स्तर उन्नतीका लागि योजना बद्ध रुपमा लागि परेको बताउनुभएको छ ।

भैरहवामा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको लागतमा भैरहवा स्थित भिम अस्पतालमा निर्माण गर्न लागेको दुईतले आकस्मिक सेवा भवनको शुक्रबार शिलन्याश गर्दै मन्त्री वरालले सरकारले हरेका नागरिकका बीचमा गुणस्तरीय स्वास्थ्यसेवा पुर्याउन नसकिरहेको अवस्थामा समाजिक क्षेत्रबाट यस किसिमको सहयोग हुनु प्रशंसनीय रहेको बताउनुभयो ।

नेपालका सरकारी अस्पतालमा उपचारात्मक सेवा चुस्त बनाउन यस क्षेत्रमा बाहिरी सहयोग दाताको लगानी नहुदा सरकारलाई नै चुनौति रहेको उहाले बताउनुभयो । स्वास्थ्य क्षेत्रीमा विभिन्न अन्तराष्टिय सहयोग संगठनको सहयोग रहेपनि त्यो बालबालिकाको खोप कार्यक्रममै केन्द्रित रहेको उहांले स्पष्ट पानुभयो ।

नेपालका स्वास्थ्य अवस्था २०३५ सालदेखि यथास्थितिमा चलिरहेको र यसमा सरकारले कुनै परिमार्जन गर्न नसकेकोले पनि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकारलाई चुनौति रहेको मन्त्री बराले बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशका हरेक अस्पतालको उच्च गुणस्तरका लागि योजनाबद्ध रुपमा काम गरेकोले अबको केही समय पछि नेपालका प्रदेशका सरकारी अस्पतालहरु धनि,गरीब सबैको रोजाई पर्ने उहांले दावी गर्नुभयो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।