भैरहवा मै राष्ट्रिय स्तरको डा्न्स प्रतियोगिता हुने ।

समाज

भैरहवा, ६ मंसिर

भैरहवामा राष्ट्रिय स्तरको डा्न्स प्रतियोगिता हुने भएको छ ।

रुद्रदेवी कलाकेन्द्रको आयोजनामा नेपाल विगेष्ट क्याम्प एण्ड डान्स कम्पिटिसन को आयोजना गरिने भैरहवामा शसक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

जिल्ला स्तरीय एवम् प्रदेश स्तरीय प्रतियोगिता सम्मपन्न गरेको कला केन्द्रले पहिलो पटक भैरहवामा देशभरका कलाकारहरुलाई मञ्च प्रदान गर्ने कलाकेन्द्रका स.सथापक शुनिल गुप्ताले जनाए ।

प्रतियोगिता अन्तर्गत ५ वटा विधा रहने उनले बताए । प्रतियोगिताको पहिलो विधा अडिशन राउण्ड मंसिरको १४ गते भैरहवा स्थित होटल पौवाबाट सुरु हुनेछ । मंसिर महिनाभरी देशभरका विभिन्न १२ स्थानमा अडिसन लिने जनाईको छ । यस्तै प्रतियोगितामा कोरियोग्राफी राउण्ड,मेघा अडिसन,सेमी फाईनल हुदै छनौट भएका प्रतियोगिबीच फाईनल प्रतियोगितामा प्रतिष्पर्धा गराईने छ ।

फाईनल विजेता एक जनालाई २ लाख नगद तथा म्युजिक भिडियोमा अभिनय गर्ने मौका प्रदान गरिने संचालक गुप्ताले जनाए ।

युवाहरु अवसर नपाएर बाहिरीएको अवस्थामा अन्तराष्टिय स्तरको मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

करीब १ करोड ४७ लाख खर्च अनुमान गरिएको उतm प्रतियोगितामा लायन्स क्लबले सामाजिक रुपमा सहयोगीको भुमिका निभाउने क्लबका अध्यक्ष रविकान्त उपाध्यायले जनाकारी दिए ।

प्रतियोगितामा देश भरका १ हजार प्रतियोगिहरु सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।