वहिरा बाल माविमा पुग्यो रविको किरण

मुख्य खबर समाज

भैरहवा, ६ मंसिर

सामाजिक काममा अग्रपंतिmमा रहेको मायादेवी च्यारिटेवल फाउण्डेसले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा रहेको वहिरा बाल विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

नगरपािलकाभित्रै रहेर पनि अन्य निकायको ध्यान जान नसकेको उतm विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुका लागि शैक्षिक साम्रगी बोकेर फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार आफै त्यहां पुगेका थिए ।

शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद शर्माले वास्तवमै शहर मै रहेर पनि उतm विद्यालयमा आफुहरुको ध्यान जान नसकेको स्वीकारे । विद्यालयमा पुग्दा आफुलाई विद्यार्थीको अनुशासन,लगनशीलताले आफुलाई निकै प्रभावित पारेको भन्दै आवश्यकताको आधारमा विद्यालयलाई सहयोग पुरयाउने प्रतिवद्धता जनाए ।

विद्यालयका प्राचार्य दिलमाया थापाले यो सहयोगले विद्याथीहरुमा हौसला थपेको भन्दै सहयोग गर्ने भावना प्रेरित बनाएको बताउनु भयो ।

फाउण्डेसनले सहयोगलाई निरन्तरता दिदै विद्यालयका लागि दुई थान कम्प्युटर सहयोग गर्ने अध्यक्ष रौनियारले कार्यक्रममै घोषणा गरे । सो अवसरमा सिद्धार्थ उद्यो वािण्ज्य संघका पुर्व अध्यक्ष विष्णु शर्मा,वडाका जन प्रतिनिधि लगायतको आतिथ्यता थियो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।