सामुहिक बिध्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा दुईदिने क्रिकेट प्रतियोगीता सुरु ।

क्रिकेट खेलकुद मुख्य खबर


भैरहवा मंसिर ५
सामुहिक बिध्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा दुईदिने क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको प्रदेश सभासद सन्तोश पाण्डेले उद्धघाटन गरेका थिए । परिवारका अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिदार्थनगर नगरपालीका वडानं ३ का वडाअध्यक्ष थानेश्वर पौडेल, जिल्ला क्रिकेट बिकास समितीका अध्यक्ष प्रसान्त बिक्रम मल्ल , प्याब्सनका बिष्णु पन्थी लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रतियोगीताको उद्धघाटन खेलमा स्वागत कार्यक्रम संयेजक मनोज यादव र संञ्चालन युवराज पोख्रेलले गरेका थिए ।
प्रतियोगीताको पहिलो दिन ६ वटा गेम भएको थियो । पहिलो खेलमा प्युचर लाईट बोडिड. स्कुल र स्पाड.गल स्कुल बिचमा भएकोमा स्पाड.गललले जितेको थियो । त्यसैगरी दोस्रो खेल साईग्लोबल र नेपाल नालन्दा माबी बिच भएकोमा साईग्लोबलले जितेको छ । तेस्रो खेल युनिभर्षल र एभरग्रिन बिच भएको मा युनिभर्षलले जितेको थियो । चा्रथौ आर्दश बिध्यामन्दीर र मिर्नवा बोडिड. स्कुल बिच भएको मा मिर्नवा बोडिड. स्कुलले जितेको थियो । चौथौ सनलाईट र सन्जिवनी शिक्षा सदन बिच भएकोमा सन्जिवनीले जितेको थियो भने अन्तीम खेल लर्ड गौतम बुद्ध र मनकामना बिच भएका्ेमा मनकामनाले जित हासिल गरेको थियो । प्रतियोगीतामा परिवारमा आबद्ध १५ वटा बिध्यालय सहभागी छन् ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।