हिमचुली सहकारको खुत्रुके बचत योजना


भैरहवा मंसिर ६
भैरहवामा रहेको हिमचुली बचत तथाऋण सहकारी सस्थालिमिटेडले वचतगर्ने बानीको बिकास गर्ने उद्धेश्यले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ ।
बालबालिकातथा घरका अन्य सदस्यहरुमाबचत गर्ने बानीको विकास गर्ने उद्देश्यले सहकारीलेखुत्रुके बचत योजना सार्वजनिक गरेको हो ।
संस्थामा रहेका शेयर सदस्यहरुतथाउनीहरुकाबालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धिगर्ने उद्देश्य सहित योजनाल्याईएको सहकारीले जनाएको छ । योजनाअन्र्तगतप्रथम चरणमाक ५ सय वटाखुत्रुके वितरणगरिने संस्थाकाअध्यक्षबसन्तकुमार लालकर्णले जानकारी दिए । यसरी बितरणगरिएको सबै खुत्रुकेको एउटै साँचो रहेको र त्यो पनि सहकारीको कार्यालयमै रहनेछ ।
मासिक रुपमाखुत्रुके सहकारीको कार्यालयमाल्याई त्यहीखोलिने र जम्माभएको रकम बचत खातामाजम्मागरिनेछ । खुत्रुके बचत योजनाअन्र्तगतजम्माभएको बचतमा संस्थाले १० प्रतिशतब्याजप्रदानगर्ने जनाएको छ ।
संस्थाकाअध्यक्षकर्णले अन्य बचत भन्दाखुत्रुके बचत योजनामा १ प्रतिशतबढीब्याजप्रदानगरिने जानकारी दिए ।अहिलेलाई ५ सय वटामात्रबितरणगरिए पनियसको आवश्यकता हेरी मागअनुसार बढाउन सकिने अध्यक्षकर्णले बताए । शुक्रबार संस्थाको बैठकले खुत्रुके बचत योजना सहित सहकारीलाई सामाजिक सुरक्षा कोषमादर्ता गराउने लगायतकानिर्णयहरु पारित गरेको संस्थाका सचिवअम्बिकाप्रसादतिवारीले जानकारी दिए ।
सहकारीको स्थापनादिवसको अवसरमाआगामिपुष८ गते मंगलबार बृहत रक्तदानगर्ने र यसमाप्रत्येक शेयरले रक्तदातापठाउन सहयोग गर्न अनुरोध गरिएको सस्थाका सदस्यदीपकघिमिरेले जानकारी दिए ।
सिद्धार्थनगर ७ भैरहवामाप्रधानकार्यालय रहेको हिमचुली बचत तथाऋण सहकारी सस्था लिमिटेडले १० लाख सम्मको दुर्घटनाबिमा, २ लाख २५ हजारको जिवनबिमा, १ लाखको मेडिकलबिमालगायतको सुविधाप्रदान गरेको छ ।
२०६४ सालमा स्थापनाभई ७ सय जना शेयर सदस्य रहेको हिमचुली बचत तथाऋण सहकारी संस्थामा २६ करोड रुपैया कुलपुँजी रहेको सहायकव्यवस्थापकदिपेन्द्र यादवले जानकारी दिए ।