४० करोडको लागतमा भैरहवामा मौर्य होटल संञ्चालनमा , दुई बर्षमा लगानी १०० करोड पुग्ने ।

मुख्य खबर


भैरहवा मंसिर ७,
रुपन्देहीमा पछिल्लो पटक होटलहरु निमार्ण हुने क्रम बढेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र संञ्चालनको लागी तयारीमा रहेको गौतबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई लक्षीत गरी भैरहवा क्षेत्रमा होटलको संख्या थपिने क्रम बढेको छ । पछिल्लो समय र्मौर्य होटल प्रालीले रुपन्देहीको भैरहवामा सुबिधा सम्पन्न होटल संञ्चालनमा ल्याएको छ ।
भैरहवाको देवकोटा चोक छेउ सुबिधा सम्पन्न होटल संञ्चालनमा ल्याएको र्मौय होटल प्रालीका संञ्चालक राम बहादुर कोईरिले बताए । आठ कट्ठा क्षेत्रफलमा फैलीएको होटलमा ५६ वटा सुबिधासम्पन्न रुमहरु रहेका छन् । पहिलो चरणमा प्रालीले ५६ वटा रुम संञ्चालनमा ल्याएको कोईरिले बताए । दोस्रो चरणमा ४० वटा रुम थपिने छ । पहिलो चरणमा प्रालीले जग्गा सहित ४० करोड लगानी गरेको छ । होटल संञ्चालन संगै प्रालीले दोस्रो र तेस्रो चरणमा होटल बिस्तारको योजना अगाडी सारेको छ । प्रालीले आगामी दुई बर्ष भित्र होटलमा रुम संख्या २ सय ४० पुराउने लक्ष्य लिएको छ । पहिलो चरणमा ५६ रुम संञ्चालनमा आएको होटलले दोस्रो चरणमा ४० रुम थप गर्ने छ । तेस्रो चरणमा प्रालीले १ सय २० वटा रुम थप गर्ने जनाएको छ । तेस्रो चरणमा १७ कट्ठा क्षेत्रफमा १ सय २० रुमको होटल संञ्चालन हुने छ ।
तेस्रो चरणमा प्रालीले भैरहवाको लुम्बिनी सडकमा निमार्ण गर्ने छ । जहा स्वीमिड। पुल , १ हजार बढी अट्न सक्ने सेमिनार हल , क्यासिनो लगायत रहने छ । जस्मा प्रालीले जग्गा सहित ५० करोड लगानी गर्दै छ । राम बहादुर कोईरी र निमार्ला मुरावको करिब १०० करोडको लगानीमा चार स्टारको होटल संञ्चालनमा आउन लागेको हो । पहिलो चरणमा निमार्ण सम्पन्न भएको होटलमा ५० जनाले रोजगारी पाएका छन् ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।