खेलाडिको भविश्य सुनिश्चित छ- मन्त्री वराल ।

खेलकुद मुख्य खबर

सम्झना शर्मा

भैरहवा, १० मंसिर । पछिल्लो समय खेलप्रति आम मानिसको चासो वढिरहेकोले खेलाडिहरुको भविश्य सुनिश्चित रहेको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुदर्सन वरालले बताउनु भएको छ ।

भैरहवामा जारी पांचौ पर्यटन प्रवद्र्धन राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ मा आयोजित व्याडमिन्टन प्रतियोगिताको मंगलबार उद्घाट्न गर्दै मन्त्री वरालले खेल समाजको आवश्यकता भईरहेको वेला नीजि क्षेत्रले समेत यसको प्रवद्धनमा खेलेको भुमिका उदाहरणिय भएको बताउनु भयो ।

खेल समाज र मानव जातिको अभिन्न अंग बनिसकेको अवस्थामा प्रदेश सरकारले समेत

खेल र खेलाडिको लागि उचित बजेट विनीयोजन गरेको उहांले जानकारी दिनुभयो । खेल कुद आफैमा एउटा आर्थिक गतिविधि बढाउने क्षेत्र भएको भन्दै मेला महोत्वसमा यसलाई प्राथमिकता दिनु सबैको लागि खुशीको कुरा भएको बताउनु भयो । निजि क्षेत्रको खेल प्रतिको लगाव खेलाडिहरुको लागि समेत सकारात्मक रहेको मन्त्री बरालको भनाई थियो ।

देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन,खेलमा पनि भविश्य छ भन्ने बुझाउनका लागि पनि निजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उहांले बताउनु भयो ।

मन्त्री बरालले महोत्समा संचालित कुस्ती प्रतियोगिताको अन्तिम खेल निकै रोचक मान्दै हेर्नुभएको थियो । मेलामा विभिन्न खेल प्रतियोगिता मार्फत खेलको प्रवद्धन गर्ने कामको सुरुवात आफुहरुले गरेको भन्दै संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले अहिले यसमै दर्शकको भिड बढ्ने गरेको दावी गर्नुभयो ।

मंसिरको ३ गतेदेखि उद्यँेग व्यापार संगठन रुपन्द्येहीको आयोजनामा सिद्धार्थनगरको अञ्चलपुरमा संचालित मेलामा ब्याडमिन्टन प्रतियोगिता,कुस्ती प्रतियोगिता,करांते लगायतका खेल प्रतियोगिता संचालन गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।