टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी

क्रिकेट खेलकुद

भैरहवा, मंसिर १० । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेर बहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी भएका छन् ।

मणिमुकुन्दले राममणि क्याम्पसलाई ५० र सगरमाथाले मुनलाइटलाई ८१ रनले पराजित ग¥यो । टस जितेर राममणिले पहिला बलिङ गरेको थियो । त्यस्तै पहिला व्याटिङ गरेको मणिमुकुन्दले १८ ओभरमा १०८ रन बनायो । उसका लागि सौरभ खनालले ३२, गणेश पुलामीले ११ र अर्जित सिंहले १० रनको योगदान गरे ।

जवाफीमा राममणिले ५८ रनमा सबै विकेट गुमायो । उसका लागि सुजन खनालले ३, बाबुराम क्षेत्री र सुवास वि.क.ले १÷१ विकेट लियो । राममणिका बादल छन्त्यालले १८ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

त्यस्तै बलिङतर्फ मणिमुकुन्दका देव खनाल र रिजन पछाईले २÷२ र अनिल खरेल, सौरभ खनाल, सुरज सारु र प्रशान्त पोखरेलले १÷१ विकेट लिएका थिए । खेलमा मणिमुकुन्दका सौरभ खनाल म्याच अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सगरमाथाले ६ विकेटको क्षतिमा १२९ रन बनायो । उसका लागि सुरज दराईले ४९, विनित कार्कीले २४, शुभम ढकालले १२ र विश्वास गुरुङले ११ रन बनाए । बलिङमा मुनलाइटका सन्तोष यादवले ३, अरुण कुर्मीले २ र रामाकान्त यादवले १ विकेट लिए । मुनलाइटले सबै विकेट गुमाउँदै ४८ रन मात्र बनायो । उसका लागि शुशान्त थापाले सर्वाधिक २१ रनको योगदान गरे ।

बलिङमा सगरमाथाका सरोज पाण्डेले ४, विराट क्षेत्रीले ३, अर्जुन रायमाझी, जितेन्द्र सहानी र प्रकाश कुंवरले १÷१ विकेट लिए ।

खेलमा देवदहका सरोज पाण्डे म्यान अफ म्याच घोषित भएको आयोजक संस्थाका सचिव संजय गुरुङले बताए । प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनल अन्तर्गत पहिलो खेल साइ ग्लोबल र दिप बोर्डिङ र दोस्रो खेल सेन्ट जोसेफ र लीलाराम न्यौपाने मा.वि.बीच हुने उनले बताए ।

जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्यसमेत रहेका युवा व्यवसायी विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।