रण अम्बिका शाह आंखा अस्पताल प्रदेश कै शान : मन्त्री गिरी

मुख्य खबर समाज

सम्झना शर्मा

भैरहवा,१३ मंसिर

प्रदेश नम्बर ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले भैरहवामा रहेको रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टर प्रदेशकै शान भएको बताउनु भएको छ ।

शुक्रबार संस्थाको ३८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गिरीले स्थापनादेखि हालसम्म आईपुग्दा यसले धरै उचार चढावहरु सहनु परेको आफुले नजिकबाट देखेको बताउनु भयो ।

आंखा उपचारको क्षेत्रमा अत्याधुनिक प्रविधि सहितका सेवाहरु संचालन गरेर स्वदेशी तथा विदेशीहरुलाई सेवा दिएको सुन्दा आफुलाई गर्भ लाग्ने गरेको उहांको भनाई छ ।

नेपाल नेत्र विज्ञान अध्यन संस्थान श्री रण अम्बिका शाह आंखा अस्पतालले आफ्नो सेवा उपचारमा मात्र सिमित नराखेर आंखाको स्वास्थ्यको क्षेत्रमा दक्ष जनशतिm उत्पादनमा समेत महत्वपुर्व भुमिका खेल्नु भविश्यका लागि समेत खुशीको कुरा भएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी चौधरीले रण अम्बिका शाह आंखा अस्पताल हरेक दृष्टीले यस क्षेत्रको गहना हो भन्नुभयो ।

प्रदेश सभाका अर्का सदस्य अष्ठभुजा पाठकले अस्पतालले आफ्ना सेवाहरुलाई शहरमुखी मात्र नभएर गाउं गाउंमा पुरयाउन पहल गर्नुपर्ने बताउनु भयो ।

यस्तै प्रदेश सभा सदस्य सन्तोष पाण्डले आफ्ना भनाई राख्दै आंखा अस्पताल प्रदेश कै गौरव भएकोले सबै स्थानीयहरुले अपनत्व लिने गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा काफ्ले अस्पतालले आजिवन सदस्य विस्तारमा उदारपन देखाउनु पर्ने सुझाव दिनु भयो ।

आंखा अस्पतालले उपचारका साथै दक्ष चिकित्सक उत्पादन गरिरहेको अवस्थामा यसलाई उद्योगको मान्यता दिनुपर्ने उपमेयर काफ्लेले माग गर्नुभयो । अस्पतालका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाको अवसरमा मरणोपरान्त आंखा दान गर्ने पहिलो १६ जनालाई सम्मान समेत प्रदान गरिएको थियो ।

यसरी मरणोपरान्त सम्मानित हुनेमा सिद्धार्थ नगर १३ का अम्बिकादेवी अमात्य, बुटवल उपमहानगर पालिका ४ का गणेशमान शैजु, सिद्धार्थनगर ९ का केशवराज खरेल, रिसीराम पोख्रेल,गोपाल बहादुर श्रेष्ठ,सिद्धार्थनगर ३ का शिवलाल भण्डारी, शंकर श्रेष्ठ, लिदारी कुंवर, नरी कुमारी थापा, केशव ढकाल, तिलोत्तमा १ का ललिता भण्डारी, सिद्धार्थनगर १२ का लक्ष्मीदेवी अमात्य, महारानी चौधरी, लक्ष्मी थापा, रहनुभएको छ ।

कार्यक्रममा अस्पतालले प्रकाशित गरेको आर्थिक वर्ष २०७५। ०७६ को वार्षिक समिक्षा पुस्तक विमोचन गरिएको थियो । नेपाल नेत्र ज्योति संघ श्री रण अम्बिका शाह आंखा अस्पताल तथा रिर्सच सेन्टरको आगामि कार्यकालका अध्यक्ष कमलराज जोशीले अस्पतालको स्थापना,यसले गरेका संघर्ष र योगदान गर्ने व्यतिmका विषयमा चर्चा गर्नुभयो । यस्तै अस्पतालका प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संघका सचिव गणेश बहादुर क्षेत्रले गनुभएको थियो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।