भैरहवामा लुम्बिनी ग्रीनाईट हाउस संचालनमा, भरमोरा कम्पनीका टायलस् सहित पेरिवयर वाधरुमका सम्पुर्ण सामान उपलब्ध ।

मुख्य खबर

सम्झना शर्मा

भैरहवा १५ मंसिर

भैरहवाको लुम्बिनीरोडमा लुम्बिनी ग्रीनाईट हाउस आईतबारदेखि संचालनमा आएको छ । शोरुमको प्रदेश नम्बर ५ प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्घाटन गर्नुभयो । शोरुमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य पाण्डेले युवाहरु व्यवसायतर्फ आर्कषित हुनु र स्वदेश मै रोजगारी सृजना गर्नु राष्ट्रका लागि सकारात्मक भएको बताउनु भयो ।

उहांले सफलताको लागि शुभकामना समेत व्यतm गनुभयो । यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले उद्यँेगी व्यवसायीहरुले लगानी गरेर संचालन गरेका उद्योग व्यवसायलाई सुरक्षाको ग्यारेण्टी गर्ने दायित्व सरकारको भएको बताउनु भयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी व्यवसायीको मनोवल उच्च राख्न सरकारले भुमिका खेल्नु पर्ने र व्यापार व्यवसायको लागि सहज वातावरण तयारी गरिदिनु पर्ने माग गर्नुभयो ।

भारतीय कम्पनी भरमोराका स्तरीय टायल्स्को प्रदेश नम्बर ५ कै आधिकारी विक्रेताको रुपमा लुम्बिनी ग्रीनाईट हाउस संचालनमा ल्याईएको संचालक गोविन्द ज्ञवालीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा विगत लामो समयदेखि उद्यँेग व्यापारको क्षेत्रमा अनुभव संगालेका युवा व्यवसायीहरु गोविन्द ज्ञवाली,कृष्ण प्रसाद अधिकारी र जिवन अर्यालको करीब ७ करोडको लगानीमा लुम्बिनी ग्रीनाईटको शोरुम संचालनमा ल्याईएको हो ।

लुम्बिनी ग्रीनाईट हाउसले स्पेनीको प्रविधि जडित भारतीय कम्पनी रोका ईण्डियाबाट उत्पादित पेरिवयर बाथरुमका सम्पुर्ण सामग्रीहरु समेत विक्रि वितरण गर्ने संचालक ज्ञवालीले जनाकारी दिनुभयो ।

६० वर्ष पुरानो ईतिहांस बोकेको पेरिवयरका भारतमा ७ हजार ८ सय भन्दा बढी वितरक सहित १७८ देशमा यसका उत्पादन विक्रिवितरण भईरहेको कम्पनीले दावी गरेको छ ।

संचालित लुम्बिनी ग्रीनाईट हाउसबाट रोका गु्रपका बाथरुमका सामग्री,बेसिन,वाटर फ्लोसेट,धारा,बाथटब,सावर,किचन सिंक,वाथरुम फर्निचर लगायतका सामग्रीहरु एचित मुल्यमा विक्रिवितरण गरिने अर्का संचालक कृष्ण प्रसाद अधिकारीले बताउनु भयो ।

यस्तै लुम्बिनी ग्रीनाईटले भरमोराका टायल्स्को साथमा रोका कम्पनीको पेरिवेयर बाथरुमका सामानहरु,ग्रनाईट उपलब्ध गराउने जनाईएको छ ।

निजी घरदेखि लिएर ठुला कम्पनी भवन,होटल,सार्वजिक भवन,रिसोर्ट सबैको भावना अनुसार कम्पनीले सामग्री उत्पादन गरेकोले ग्राहकको आवश्यमकता र खरीद गर्न सक्ने क्षमताको आधारमा आफ्ना सेवाहरु उपलब्ध गराउने संचालक जिवन अर्यालले प्रतिवद्धता जनाउनु भयो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।