आवारोडमा नमस्ते क्याफे शुभारम्भ ।

मुख्य खबर


भैरहवा मंसिर १६
चियाका विभिन्न फ्लेवर सहित खाजा नास्ताका लागि सिद्धार्थनगर १२ आवारोडमा नमस्ते क्याफेको शुभारम्भ गरिएको छ ।
सिद्धार्थनगरका युवा व्यवसायी दिलिप कुमार कान्दु र उनका भाईले करीब ३७ लाखको लगानीमा एसी सहितका स्तरीय खाजा तथा चिया कफि सहितको नमस्ते क्याफे संचालन गरेको बताउनु भयो ।


क्याफेको कान्दुका दुई छोरी अनन्या र रितिका कान्दुले उद्घाटन गरे । सो अवसरमा विशेष अतिथिको रुपमा प्रदेश नम्बर ५ प्रदेशसभा सदस्य सन्तोष पाण्डेको उपस्थिति रहेको थियो । क्याफेमा भैरहवामै पहिलो पटक चियाका विभिन्न स्वाद उपलब्ध गराईने संचालक कान्दुले जानकारी दिनुभयो ।


उहांका अनुसार रेगुलर चिया,मसला चिया,जिन्जर,रोज,पम्कीको स्वादका साथै ईलामी चिया,अलैची चिया,रम टि,हुस्की टि उपलब्ध छन् । यस्तै खाजाको लागि विभिन्न स्यानवीजका परिकार,सेक परिकार,पिंजा,वर्गर लगायतका स्तरीय तयारी खाजा पाउन सकिने संचालक कान्दुले जानउनु भयो ।
भैरहवाको मौसमलाई ध्यानमा राख्दै एसी जडित हलको व्यवस्था गरिएको समेत उहांले जानकारी दिनु भयो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।