भैरहवामा जारी महोत्सव सकियो , १० करोड बढीको कारोबार ।

मुख्य खबर


भैरहवा मंसिर १६,
प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी.ले जनताको जीवन नबदलीकन मुलुकमा सुख र समृद्धि आउन नसक्ने बताएका छन् । उनले आफुले केही नगरी सरकारबाट अपेक्षा मात्र अपेक्षा गरेर नहुने बताए ।
प्रदेश ५ ले अन्य प्रदेश भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको उनको भनाइ थियो । उद्योग व्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्स अफ काठमाण्डौंको आयोजनामा सञ्चालित पााचौ लुम्बिनी पर्यटन प्रर्वद्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री के.सी.ले यस्तो बताएका हुन् ।
राष्ट्रिय उत्पादनको वृद्धि गरी पर्यटन प्रवद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं भन्ने नाराका साथ मंसिर ३ गतेदेखि भैरहवास्थित अञ्चलपुरमा सञ्चालित महोत्सव सोमबार समापन भएको हो । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले डेढ लाख दर्शकले अवलोकन गरेको महोत्सवबाट १० करोड बराबरको कारोबार गरिएको बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले डेढ लाख दर्शकले अवलोकन गरेको महोत्सवबाट १० करोड बराबरको कारोबार गरिएको बताए । उनले प्रदर्शनीस्थल स्टल नहुादा नीजि जग्गामा महोत्सवको आयोजना गर्नु परेको बताए । प्रदेशसभा उद्योग, पर्यटन तथा अर्थ समितिका सभापति दधिराम न्यौपानेले प्रदेश सरकार विभिन्न स्थानीय तहमा उद्योग ग्राम बनाउनेतर्फ लागिरहेको बताए ।
संविधानसभा सदस्य सीता बौडेलले महोत्सवको आवश्यकता बढ्दै गएकोमा जोड दिइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधारमन्त्री हकिकुल्ला खााले आर्थिक समृद्धिका नीतिगत कुरा हल गर्न बााकी रहेको बताए । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले स्थायी मण्डपको व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद बामदेव क्षेत्रीले औद्योगिकरण बिना मुलुकको विकास हुन नसक्ने बताए । नेकपा प्रदेश ५ कमिटी सदस्य तथा उद्योग व्यापार संगठन रुपन्देहीका परामर्श समिति सदस्य विश्वराज बराल (अनुप)ले महोत्सवले सबैलाई समेट्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । नेकपा रुपन्देही जिल्ला सचिव नारायण जि.सी.(निर्मल)ले स्थिर सरकार भएकोले मुलुक अब आर्थिक समृद्धितर्फ जाने बताए । नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले सरकारले भ्रमण वर्ष मनाइरहादा भैरहवादेखि लुम्बिनी जाने सडकको अवस्था ठीक नभएको बताए ।
तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष जे.पी. कंडेलले स्थायी मण्डप खोज्न संगठन अगाडी बढ्ने विश्वास व्यक्त गरे । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष दिपेश पछाईले महोत्सवलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिए ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदीले विकासका लागि सकारात्मक सोच आवश्यक रहेको बताइन् । उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक रामचन्द्र रेग्मीले संगठनका निवर्तमान अध्यक्ष एवं अनुगमन तथा मुल्यांकन उपसमिति संयोजक खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव एवं सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो ।

न्युजडेस्क

http://bhairahawaonline.com/

वाहा लाई फेसबुक मा भेट्न सकिन्छ ।