प्रेम बहादुर अक्षयकोष गरीब तथा जेहेन्दार छात्रवृत्तिबाट पशुपति मावि कोटिहवाका ६ जना विद्यार्थी सम्मानित

सम्झना शर्मा

भैरहवा, मंसिर १९ । प्रेम बहादुर अक्षयकोष गरीब तथा जेहेन्दार छात्रवृत्तिबाट पशुपति मावि कोटिहवाका ६ जना विद्यार्थी सम्मानित भएका छन् ।

पन्चकन्या समुहका उपाध्यक्ष धु्रब कुमार श्रेष्ठले आफ्ना पिता प्रेम बहादुर श्रेष्ठको नाममा स्थापना गरेको अक्षयकोषबाट विद्यालयबाट एसईई उत्तीण भई विविएमा ४ जिपिए ल्याउन सफल घनराज तिमिल्सेना, विद्यालयबाट २०७५ सालको एसइइ परीक्षामा राम्रो जिपिए ल्याए उत्तीण भएका छात्रा रुविका वस्याल, राहुल विक,प्रविण रेग्मी, यशोदा चौधरी, जान्वी श्रेष्ठ सम्मानित भएका हुन् ।

पुरस्कृत विद्यार्थीलाई समुहका उपाध्यक्ष एवम् अक्षयकोषका अध्यक्ष श्रेष्ठले कदरपत्र,नगद सहित उपहारले सम्मान प्रदान गर्नुभएको थियो । सम्मान ग्रहण गर्दै विद्यार्थी तिमिल्सेनाले आफु सरकारी विद्यालयमा अध्ययन गरकै कारण स्कलरसिपमा अध्ययन गर्न सहज भएको भन्दै विद्यालय तथा सम्मान गरी हौसल्ला प्रदान गर्ने पञ्चकन्या समुहलाई धन्यावाद दिनुभयो । सो अवसरमा आफ्ना भनाई राख्दै अध्यक्ष श्रेष्ठले पञ्चकन्याले व्यवसायका साथसाथै सामाजिक उत्तरदायिका कामहरुलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनु भयो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको पञ्चकन्या छड उद्योगले नगरभित्रका संघ संस्था,विद्यालयलाई समेत विभिन्न सहयोग उपलब्ध गराउंदै आफ्नो क्षेत्रका जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गतिविधिमा आर्थिक सहयोग गर्दै आईरहेको समुहका उपाध्यक्ष श्रेष्ठले जनाउनु भयो । मानिसको जिवनमा शिक्षा भन्दा ठुलो केही हुदैन,शिक्षाले नै व्यतिmको आत्मविश्वास बढाई आफुलाई आत्म निर्भर बनाउंछ उहांले भन्नुभयो शिक्षाबाट आर्थिक अभावकै कारण कोही वन्चित हुन नपरोस् हामी सहयोग गर्छौ ।

सम्मानित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै पञ्चकन्याका एजिएम देवेन्द्र शाहुले पञ्चकन्याले विद्यार्थीको भविश्य सोचेर स्थानीय सक्षम नागरिकलाई रोजगारी समेत प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद वस्याल,हरिलाल पाण्डे, विद्यालयका प्राचार्य वेद नारायण भट्टराई,पुर्व प्रअ एवम् अक्षयकोषका सचिव कृष्ण प्रसाद शर्मा वस्याल लगायतले विद्यालय र विद्यार्थीहरुको लागि पञ्चकन्या समुहले पुरयाएको योगदान प्रसंशनीय रहेको भन्दै प्रेम बहादु श्रेष्ठको दीर्घ जिवनको कामना गर्नुभयो ।

अक्षयकोषबाट २०७० सालदेखि हालसम्म करीब तिन दर्जन विद्यार्थीहरु पुरस्कृत भईसकेका छन् । कोषका सचिव कृष्ण प्रसाद वस्यालको स्वागत तथा चक्रपाणि वस्यालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति थियो ।