१८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु

प्रतिक पौडेल

भैरहवा, मंसिर १९ । १८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु भएको छ । प्रदेश नं ५ समाजिक बिकास मन्त्री शुदर्शन बरालले बिहिवार उद्धघाटन गर्दै स्पोर्ट मिट शुरु भएको हो । भैरहवा क्षेत्रमा रहेको बिध्यालयको छाता संगठन सामुहिक बिध्यालय परिवारको आयोजनामा स्पोर्ट मिट भएको हो । स्पोर्ट मिटमा १७ बिध्यालयको सहभागिता रहेको छ । बिहिवार उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री बरालले खेलकुद बिकासमा प्रदेश सरकार गम्भिर रहेको बताउनु भयो । बरालले खेलाडी उत्पादनको लागी खेलकुदको शुरुवाती चरण बिध्यालयनै रहेको बताउदै बिध्यालयमा आयोजना हुने खेलहरुलेनै खलकुद क्षेत्रमा क्षमतावान् खेलाडी उत्पादन गर्ने जानकारी दिनुभयो । बरालका अनुसार खेलकुद क्षेत्रको बिकासको लागी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्लाई पुर्णता दिने योजना बनाएको छ । बारलले मुख्यमन्त्री रनिङ शिल्ड लगायतका खेलकुद कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले खेलकुदको बिकासमा चासो देखाएको बताउनुभयो । कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी प्रदेश सभा सदस्य सन्तोष पाण्डेले खेलकुद क्षेत्रले राष्ट्रको नाम अन्तराष्ट्रिय स्तरमा प्रख्यात बनाएको बताउनु भयो । पाण्डेका अनुसार खेलकुद क्षेत्रको बिकासमा ध्यान दिए खेलाडीलेनै राष्ट्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउने छन् । पाण्डेले प्रदेश सरकारले बिध्यालय स्तर बाटै खेलाडी उत्पादनमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । पाण्डेले खेलाडीको क्षमता अभिबृद्धीको लागी प्रदेश सरकारले लगानी गर्नु पर्ने जानकारी दिनुभयो । कार्यक्रममा बिशिष्ठ अतिथी शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, प्याव्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, नेपाली कांग्रेश रुपन्देही जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, परिवारका संस्थापक अध्यक्ष बिएन शर्मा लगायतले मन्तव्य राख्नु भयो । कार्यक्रम सामुहिक बिध्यालय परिवारको अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको हो । कार्यक्रम स्पोर्ट मिट संयोजक चुडामडी भुसालको स्वागत र परिवारका सचिव युवराज पोखरलेको संचालनमा भएको हो । कार्यक्रममा सामुहिक बिध्यालय परिवारमा योगदान पुर्याएका ४ जना बिशिष्ठ व्यक्तित्वहरुको सम्मान गरिएको छ जसमा बिएन शर्मा, केवी गुरुङ, रविन्द्र सिंह राना, गुरु बहादुर कमल रहेका छन् । यस्तै सामुहिक बिध्यालय परिवारले स्पोर्ट मिट उद्धघाटन पुर्व भैरहवाको बुद्धचोक देखी रंगशाल सम्म र्याली निकालेको थियो । र्यालीको प्रमुख आतिथ्यता जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक महेश बस्नेतले गर्नुभएको हो । त्यस्तै स्पोर्ट मिटमा बिहिवार भएको पहिलो दिनको खेल अन्तरगत सिनियर सट पुट छात्र तर्फ युनिक होम्सका विवेक चौधरी प्रथम, स्पाङ्गल इङ्गलिस बोर्डिङका सचिन सिंह यादव दृतिय र साई ग्लोवलका रियाकुद्धिन खान तृतिय भएका छन् भने छात्रा तर्फ सिवि पब्लिकको सुनिता रसाइली प्रथम, युनिक होम्सको रिता यादव दृतिय र साइ ग्लोवलको दर्शना खनाल तृतिय भएका छन् ।