अतिक्रमीत भूमी फिर्ताको माग गर्दै जनमोर्चाद्वारा विरोध प्रर्दशन


भैरहवा मंसिर २१,
राष्ट्रिय जनमोर्चा रुपन्देहीले भारतद्वारा गरिएको सिमा अतिक्रमणको चर्को विरोध जनाउदैं शनिवार सिमानाका वेलहियामा मोटरसाईकल रयाली प्रदर्शन गरेको छ ।
यसैगरी जनमोर्चाले गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपक्षताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी पार्टीको स्पष्ट धारणा सहितको ९ वुादे अवधारणापत्र सार्वजनिक गरेको छ । उक्त अवधारणापत्र पार्टीका केन्द्रिय सदस्य मनोज भट्टले प्रस्तुत गरेका थिए ।
हालै भारतले आफनो नक्सामा गााभेको नेपाली भूमी कालापानी, लिपुलेक एवं लिपीयाधुराको अतिक्रमीत जग्गा फिर्ता गराउन सरकारबाटै विशेषढंगले कुटनीतिक पहल गरेमा फिर्ता हुने उनले बताएका छन् । नया भारतीय नक्सा खारेज गर्न, अतिक्रिमीत भूमी फिर्ता गर्नका लागि सरकारलाई अन्य दलहरुको पनि साथ र समर्थन रहेकोले सरकार दृढरुपमा लाग्न उनले आग्रह गरेका छन् ।
गणतन्त्र खतरामा परेको बताउदैं उनले भने गणतन्त्रको रक्षा गर्न बुर्जुवा शक्तिहरु सक्षम छैनन । कम्युनिष्ट क्रान्तिकारीहरुका विच शक्ति समिकरण अझै अपरीहार्य रहेको औल्याउदैं प्रतिगामीहरुको बुर्जुवा कार्यक्रमलाई कम्युनिष्टले अझैपनि साथ दिनुपर्ने बाध्यता रहेको बताए । उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बद्री आलम, सचिव टान बहादुर केसीको स्वागत तथा नेत्र आचार्यको संचालनमा भएको थियो ।