अन्तरघात गर्नेलाई कारवाही , देउवा ।


भैरहवा मंसिर २१,
पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही गरिने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।
शनिबार भैरहवामा सिद्धार्थनगर नगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी भित्रै बसेर चुनावमा विपक्षी दललाई सहयोग गर्ने अन्तरघातीहरु बढ्दा पार्टी पछाडी परेको बताए ।
कारवाही नहुने भएपछि पार्टी बिरुद्ध बोल्ने, बागी उमेद्धारी दिने, अन्तरघाट गर्ने लगायतका कृयाकलापले कांग्रेसले कहिल्लै चुनाव जित्न नसक्ने बनाएको देउबाको टिप्पण्ी थियो । पार्टीमा अनुशासन कायम गर्न त्यस्ता अन्तरघातीहरुलाई कारवाही गरिने सभापतिले दाबी गरे । पार्टी भित्र अन्तरघातको संस्कृति हटन नसकेको उल्लेख गर्दै उनले अन्तरघातको रोगलाइ सदाकालागि अन्त्य गर्ने प्रतिवद्धता पनि जनाए । अन्तरघात रहदा सम्म पार्टी उभोलाग्न नसक्ने भन्दै सभापती देउवाले अन्तरघातीलाइ पार्टीबाटै निश्कासन गर्ने दोहोरयाए । पार्टी भित्र बस्ने अनि आºनैलाइ हराउने त्यस्तो पनि गर्न पाइन्छ । अव कडा हुनु पर्छ अन्तरघातीलाइ कारबाही गरेरै छोडिन्छ देउवाले भने ।
काग्रेस चलायामन पार्टी भएकोले कहिले काही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाइ झन बलियो बनाउने भए पनि अन्तरघात फरक पाटो भएको बताए । केहि दिन अघि सम्पन्न उपनिर्वाचनमा पनि जनताले जनाधार कााग्रेससंगै छ भन्ने सन्देश दिएको देवाले बताए ।
नेपाली काग्रेसले दाङ्ग र पोखराको हारलाइ भने सहानुभुतीको मतले काम गरेको हुन सक्ने दाबी गरे । दुवै स्थानमा महिलाले जित्नुभयो उहााहरुसंग सहानुभुतीको मत पनि थियो , पार्टीले सहानुभुती मतले मात्रै हो वा अन्य प्याक्टरको पनि जितमा हात छ त्यस बारेमा पनि पार्टीले गम्भिर छलफल गर्नेछ सभापती देउवाले भने । कार्यक्रममा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खााणले रुपन्देही जिल्ला कााग्रेसको किल्ला हुने दावी गरे । कहिले काही मतपरिणाम कमजोर जस्तो देखिएपनि कााग्रेसको बाहुल्यता प्रमाणित गरेरै छाडने दावी गरे । चुवावमा व्यहोरेको हारले पार्टीलाई झन् परिपक्कता बनाएको उनले बताए । अब जनताका अपेक्षा अनुसारका काम गर्ने गरि अगाडि बढ्ने उनको भनाई थियो ।
प्रजातन्त्रको दियोलाई निभाउन खोज्ने राणा, राजा आफै सिधिए । अहिले दुईतिहाईको दम देखाएर कम्युनिष्टहरु पनि तानासाहको बाटोमा लाग्न थालेका छन् ।’ नेता खााणले भने । ‘कााग्रेसले त्यसका विरुद्ध खबरदारी जारी राखेको छ । प्रजातन्त्र र प्रेस स्वतन्त्रता हस्तक्षेप गर्ने कम्युनिष्ट समाप्त हुने र ओलीको झण्डा छिटो ढल्दैछ ।’ मुलुकमा नागरिक मालिक हुन, तर अहिले कम्युनिष्ट सरकार सत्तामा पुगेर जनतामाथि शासकको व्यवहार गरिरहेका छन् । नेपाली कााग्रेस जहिलेपनि नागरिकको सेवकको रुपमा हरेक दु:खसुख, पिडामा साथ रहेको उनले दावी गरे ।


उक्त समारोहमा सभापति देउवा र नेता खाणले बुथको सिफारीशमा नगरसमितीले नगरका १३ वटै वडा केहि विपन्न विद्यार्थीलाई करिव तिनदर्जन साईकलहरु वितरण गर्नुका साथै अशंक्तलाई हुईल चियर हस्तान्तरण गरिएको थियो । नगरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरुलाई नगरसमितीले सभापति देउवाको हातबाट सम्मानपत्र प्रदान गरेको थियो ।


नगरसभापति दीलिप धितालको अध्यक्षता तथा सचिव संजीव रेग्मीको संचालनमा भएको उक्तनगरसभामा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं जिल्ला सभापति तथा पूर्वमन्त्री अव्दुल रजाक, क्षेत्रिय सभापति मात्रिका यादव, बुथसभापति वसन्तलाल कर्ण, नगर सदस्य एवं खेलाडी कोशीश खडकाले पार्टीको सिद्धान्त एवं वर्तमान पार्टीको धारणा र सरकारको कमी कमजोरीहरुका बारेमा आआफनो धारणा राखेका थिए ।