गण्डकी विकास बैंकद्वारा विमा दावी रकम भुक्तानी

प्रतिक पौडेल

भैरहवा, मंसिर २४ । गण्डकी विकास बैंकले विमा दावी रकम भुक्तानी गरेको छ । बैंकद्वारा संचालित लघुबित्त कार्यक्रम अन्तर्गत समुहमा आवद्ध सदस्यको मृत्यु भएपछी मृतकको हकवाला लाई विमा दावी रकम भुक्तानी गरेको हो । मंगलवार बैंकले रकम सिद्धार्थनगर नगरपालिका १२ शान्तिनगर निवासी ४८ बर्षिय समूह सदस्य भक्त कुमारी शाहीको हकवाला निरज शाहीलाई भुक्तानी गरिएको हो । मृतक शाहीको गत भदौमा आफ्नै निवासमा आकस्मिक नधन भएको हो । मृतक शाहीले बिगत आठ बर्ष देखि बैंकबाट सामुहिक जमानीमा पटक पटक विना धितो कर्जा लिइ व्यापार व्यवसाय गर्दै आएको जानकारी बैंकले दिएको छ । रकम भुक्तानी बैंकका भैरहवा शाखा प्रबन्धक अमृत थापाले १ लाख ३४ हजार ८४ रुपैया बरावरको चेक हस्तान्तरण गर्नु भएको हो । बैंकले समुहमा आवद्ध सदस्यहरुलाई विना धितो कर्जा प्रसान गर्दा मृत्यु प्रयन्त परिवारका सदस्यहरुलाई आर्थिक व्यय भार नपरोस् भन्न अभिप्रायले मेटलाइफ विमा कम्पनीसंगको सम्झौता गरी सदस्यहरुको ब्यक्तिगत बिमा गर्ने गरेको जानकारी थापाले दिनुभयो ।